arrow

कांग्रेस नेताले सुरुगरे भ्रष्ट्राचार विरुद्धको शुद्धीकरण अभियान

वानेश्वरमा जुत्तामा पालिस गर्नुको कारण के ?

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
jutta.jpg

काठमाडौं । नेपाली काँग्रेसका युवानेताहरुले नयाँ वानेश्वरबाट भ्रष्टाचार विरुद्धको शुद्धीकरण अभियान सुरु गरेका छन् । मंगलबार विहान १० बजेदेखि ११ बजेसम्म सांकेतिक रुपमा काठमाडौंको नयाँ वानेश्वरमा सर्वसाधारणहरुको जुत्तामा पालिस गरेर शुद्धीकरण अभियान चलाएका हुन् ।

नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सर्वसाधारणको जुत्ता पालिस गरेबापत ३० हजार रुपैयाँ समेत संकलन गरेका छन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले संयोजन गरेको सो कार्यक्रममा दर्जनौ सर्वसाधारणले जुत्तामा पालिस गर्न लगाएका थिए ।

नेता धनराज गुरुङले हाम्राकुरासँगको कुराकानीका क्रममा भ्रष्टाचार विरोधी अभियानमा लागेका नेता किसुनजीको बाटोमा हिँडेको प्रतिक्रिया दिए । भट्टराईले एक गरिब बाल कांग्रेसलाई , ‘स्कूल जाने पैसा नभए दिनको एक घन्टा शहरको चोकमा बसेर जुत्ता पालिस गर १’ भन्ने सुझाव दिएको स्मरणमा उनीहरुले भ्रष्टाचार विरुद्धको शुद्धीकरण अभियान सुरु गरेको जानकारी दिए ।

अहिलेको राजनीति थाम्नै नसकिने भ्रष्ट भएको भन्दै नेता गुरुङले यो नेपाली काँग्रेसका युवा नेताहरुको शुद्धीकरण अभियानको सुरुवात रहेको स्पष्ट पारे । अब भ्रष्टाचार विरोधी गतिविधिहरुको आफूहरु भण्डाफोर गर्दै हिँड्ने योजना पनि उनले सुनाए ।

शहीद दिवसकै दिन चाहिँ किन यस्तो ? भन्ने प्रश्नमा गुरुङले अहिले नेपालका नेताहरु शहीदले देखाएको भन्दा भिन्दै बाटोमा हिँड्न थालेकोले आफूहरुले शहीद दिवसकै दिन आफूहरुले यो अभियानको सुरुवात गरेको स्पष्ट पारे । पालिस गरेबापत जम्मा भएको ३० हजार रुपैयाँ प्रतिष्ठानको खातामा नै जम्मा गरिएको छ । यसले विभिन्न सामाजिक काम गर्ने पनि काँग्रेस नेताहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ