arrow

एमालेले मतदातालाई भन्यो–‘राष्ट्रिय सभा चुनावका बेला देश प्रदेश नगर्नुस्’

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
ghosanashabha_uml.jpg

काठमाडौं । माओवादीसँग पार्टी एकताको अभ्यासमा रहेको एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका बेला मतदाता रहेका निर्वाचक मण्डलका सदस्यहरुलाई देश प्रदेश नगर्न भनेको छ ।

एमाले स्थायी समिति बैठकले ‘राष्ट्रियसभाको निर्वाचनमा मतदाता रहनुभएका निर्वाचक मण्डलका सदस्यहरु अर्थात् पार्टीको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान’– भनि निर्णय गरको हो ।

बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदान सम्बन्धी तालिम दिन आवश्यक छ,–पनि भनेको छ ।

प्रदेश संगठन कमिटीका संयोजकले केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने छ, बैठकको निर्णयमा भनिएको छ, ‘यही माघ २१ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने हुनाले सो अगावै प्रशिक्षणको व्यवस्था गरिनु पर्छ ।’

यस्तै, बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दिएका एमाले र माओवादी–केन्द्रका साझा उम्मेदवारहरूलाई विजयी गराउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका कार्यहरू निर्णय गरेको छ ।

सरकारी निर्णयविरुद्ध
एमालेले शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान काम चालाउ सरकारका संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘एमाले लगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै काम चलाउ देउवा सरकारले गरेका राष्ट्रिय ढुकुटीको नाङ्गो दुरुपयोग, मनपरी ढंगले गरिएको नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी, अराजकतापूर्ण र जनहीत एवं राष्ट्रहीत विपरितका निर्णयहरूको बैठक, घोर निन्दा गर्दछ’ –बैठकको निर्णयमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ