arrow

नेविसंघको फलफुल वितरणमा देखिए रक्षामन्त्री प्रधान

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
nsu.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले शहीदको सम्मानमा वृद्धाश्रममा रहेका ५ सय बढी वृद्धवृद्धालाई फलफुल वितरण गरेको छ ।

नेविसंघले पशुपतिनाथ मन्दिर परिसर भित्र ‘समाजकल्याण केन्द्र वृद्धाश्रम’ मा रहेका ५ सय बढी वृद्धवृद्धालाई फलफुल वितरण गरेको हो । फलफुल वितरणमा रक्षा मन्त्री भीमसेनदास प्रधान समेत देखिए । मन्त्री प्रधानले देशमा प्रजातन्त्र प्राप्तिका लागि जीवन आहूति दिने शहीदकै योगदानले स्वतन्त्रताको आन्दोलन सफल भएको बताए ।

नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले शहीदको सम्मान नै लोकतन्त्रप्रतिको सम्मान हो भन्दै लोकतन्त्रको रक्षाका लागि नेविसंघ सधै अग्र पंक्तिमा रहिरहने बताए ।  

केन्द्रिय सदस्य शुशील भट्टले नेविसंघले शैक्षिक जागरण र संगठन सुदृढीकरणका लागि प्रदेश स्तरीय प्रशिक्षण चलाईरहेका बेला शहीदको सम्झनामा वृद्धवृद्धालाई फलफुल वितरण गरेको बताए ।

उपाध्यक्ष डिल्लिराम सुवेदी, सहमहामन्त्री निराजन थापा, केन्द्रिय सदस्य भट्ट, शैलेन्द्रशर्मा गौडेल लगायतले शहीदप्रति सम्मान प्रकट गर्दै लोकतन्त्र संस्थागत गर्न नेविसंघ भगीरथ प्रयत्न गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ