arrow

ओलीले मोदीलाई नतमस्तक भएर चिठी लेखेपछि सर्वत्र चर्चा

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
oli-modi.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत सरकारसँग सहकार्य गरेर काम गर्न आतुर छु भनि चिठी लेखेपछि सर्वत्र चर्चा भएको छ ।

भारतको ६९ औं गणतन्त्र दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको चिठीमा ओलीले आफू भारत सरकारसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको उल्लेख गरेका छन् । ओलीले अंग्रेजीमा लेखेको चिठीमा दुई देशको सम्बन्धबारे पनि केही कुराहरु खुलाइएको छ ।
 
गणतन्त्र दिवसकै अवसरमा नेपालस्थित भारतीय राजदुतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा भने ओली उपस्थित भएनन् । तर, भोलीपल्ट दुतावासले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भने ओली पुगेका थिए । त्यो समारोहमा ओली नेपालका लागि भारतीय राजदूत मञ्जीवसिह पुरीसँगै कुम टाँसेर बसेका थिए ।

आउँदो बिहीबार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराज मोदीको विशेष दुत बनेर दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् । भ्रमणका क्रममा स्वराजले ओली लगायत अन्य नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तयारी छ ।

ओलीले मोदीलाई दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनका लागिसँगै काम गर्न चाहेको सन्देश सुनाई सकेका छन् । विदेशमन्त्री स्वराजसँगको भेटमा केही थप कुरा हुने बताइँदै छ ।  

ओलीले भनेका छन्, ‘यो अवसरमा सबै प्रकारका सफलताका लागि म शुभेच्छा व्यक्त गर्न चाहन्छु र हाम्रो दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछु । भरखरैको निर्वाचनबाट चुनिएको एक जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाई र तपाईको सरकारसँग दुई देशको उज्वल भविश्यको लागि ससँगसँगै काम गर्न आतुर छु ।’

ओलीले भारतले महत्पपूर्ण संघर्षका परिणामलाई संस्थागत गरेको भारतीय इतिहासबारे उल्लेख गर्दै चिठीमा, ‘भारतको संविधान जनताबाट निर्वा्चित प्रतिनिधिहरुले लेखेको जनताको भावना र आकांक्षको समुचित र विस्तृत दस्तावेज हो’–भनि उल्लेख गरेका छन् ।

ओलीले भारतीय संविधान कार्यान्वयनको अनुभवबाट आफुहरुले पनि पाठ सिक्दै गरेको र त्यसतर्फ पाइला चालिसकेको तथा भरखरै मात्र संघीय, प्रान्तीय र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न गरिएको छ, चिठीमा भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ