- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो ।
आर्सनललाई नाचोले मात्र गोल दिलाए ।
घरेलु मैदानमा जित हात पारेपछि स्वान्सी रेलिगेशन क्षेत्रबाट माथि आएको छ ।
आर्सनलको भने शीर्ष होड गुम्दै गएको छ । आर्सनल ४२ अंकका साथ छैटौं स्थानमा छ ।
लिभरपुलले भने हडर्सफिल्डलाई ३–० ले हराएको छ । एम्रे कान, रोबर्टो फर्मिन्हो र मोहमेद सलाहले १–१ गोल गरे ।
लिगको अंक तालिकामा म्यान्चेस्टर सिटी ६५ अंकसहित शिर्ष स्थानमै छ । म्यान्चेस्टर युनाइटेड ५३ अंकबाट दोस्रो, तथा चेल्सी र लिभरपुललको ५० अंक छ ।
बुधबार राति १ः३० बजे ७ खेल हुँदैछन् । चेल्सीले बर्नमाउथसंग, म्यान्चेस्टर सिटीले वेष्टब्रोमसंग र म्यान्चेस्टर युनाइटेडले टोटनह्यामसंग खेल्दै छन् ।