arrow

देउवाले भने –  पार्टी कमजोर भएको बेलामा पार्टी नत्याग्नू ! 

राजीनामा फिर्ता गर्न लिखित आग्रह  

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
ser-bahadur.JPG

काठमाडौं  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवाले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउने अवस्थामा पद त्याग्न नहुने बताएका छन् । 

नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ तथा सुबेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिएको राजिनामाको विषयमा धनकुटाका पदाधिकारीहरुसंग छलफल तथा अन्र्तक्रिया कार्यक्रममा उनले पदमानै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागी राजीनामा फिर्ता लिन लिखित आग्रह गरे । 
   प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले  राजनैतिक सहमती कायम गर्नका लागी धनकुटालाई प्रदेश प्रमुखको मुकाम  नतोकी अन्यन्त्र तोक्नु परेकोमा आफुलाई दु.ख लागेको बताए । 

उनले धनकुटालाई अन्यायमा परेको महसुस समेत भएको वताउँदै धनकुटालाई अव अगाडि बनाउन र धनकुटाको विकासका लागी आफुले सक्दो सहयोग  गर्ने प्रतिवद्धता व्यक्त गरे । 

‘देउवाले पार्टीलाई क्रियाशिल र सशक्त बनाउन तपाईहरुको योगदानको अहिले ठूलो खाँचो रहेकोले राजिनामा फिर्ता लिई पार्टी संगठनको काममा फिर्ता हुन  निर्देशन समेत दिनुभएको छ’, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले भने ।

देउवालाई सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, निर्वतमान सभापति मनोहनर नारायण श्रेष्ठ, सचिव विजय सन्तोषी राई, पूर्व सल्लाकार प्रध्यापक गोपालप्रसाद अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रिय सभासद तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका पूर्व अध्यक्ष टंक दवाडी लगायत नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरुले प्रदेश प्रमुखको मुकाम तोक्दा धनकुटालाई अन्याय गरेकोले काम गर्ने वातावरण नभएकोले राजिनामा दिनुपरेको  जानकारी गराउदै अव धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नु पर्ने,आन्दोलन भैरहेकोले धनकुटामानै गै सरकारले वार्ता गर्नु पर्ने, धनकुटामा मेडिकल कजेल तत्काल  महत्वपूर्ण कार्यालयहरु तत्काल स्थापना गर्नु पर्ने लगायतका एक जर्दन मागहरु लिखित रुपमानै राखेका थिए । 

    नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले प्रदेश प्रमुख नियुक्तसंगै प्रदेश प्रमुखको मुकाम तोक्दा सवै किसिरमले उपयूक्त र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रदेश नम्वर १ को प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोकेकोमा धनकुटालाई अन्याय भएको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तह कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ र शुबेच्छुक संस्थाका सवै पदाधिकारी तथा सदस्यहरुले दुई साताअघि राजिनामा  दिई निन्तर रुपमा आन्दोलन गरिरहेका छन् ।

  यसअघि नेपाली कांग्रेस धनकुटाका पदाधिकारी सहितको काठमाडौं आएको टोलीले नेपाली काग्रेसका वरिष्ठ नेताहरु अर्जुन नरसिंह केसी, पूर्णवहादुर खड्का ,नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्ण पौडेल लगायत पार्टीका नेताहरुसंग छलफल तथा अन्र्तक्रिया गरी धनकुटालाई सरकार र पार्टी नेतृत्वको निर्णयबाट पटक पटक अन्याय भएकोले राजिनामा दिन बाध्य भएको जानकारी गराउँदा उनीहरुले समेत  राजिनामा दिएका सवैलाई राजिनामा फिर्ता लिई कांग्रेसकै पदमा रही धनकुटा र धनकुटेलीहरुमाथि भएको अन्यायको विरुद्ध र  न्याय तथा धनकुटाको विकास र पार्टीलाई रुपान्तरण गर्नका लागी अझ धेरै सक्रिय भएर लाग्न  लाग्न आग्रह गरेको कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ