arrow

काभ्रेका राजनीतिक दलले बुझाए १० लाख बढी निर्वाचन खर्च विवरण

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
kavre_-_distric-map.png

बनेपा । काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका उम्मेदवारले १० लाखभन्दा बढी निर्वाचन खर्च लागेको विवरण बुझाएका छन् ।

माओवादी केन्द्रका गंगाबहादुर दोङले प्रतिनिधिसभा क्षेत्र नं १ मा २४ लाख ४५ हजार निर्वाचन खर्च लागेको विवरण बुझाएका छन् ।  प्रतिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका मधुप्रसाद आर्चायले १६ लाख १६ हजार र प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले १५ लाख ८५ हजार खर्च विवरण बुझाएका छन् ।  

प्रतिनिधिसभा क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवार तीर्थबहादुर लामाले १५ लाख २३ हजार, क्षेत्र नं १ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार गणेश लामाले १४ लाख ९५ हजार तथा एमालेका उम्मेदवार चन्द्रबहादुर लामाले ११ लाख ८८ हजार निर्वाचन खर्च विवरण बुझाएका छन् ।

क्षेत्र नं २ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार सुन्दरमणि आर्चायले  १३ लाख ५६ हजार, एमालेका उम्मेदवार लक्ष्मण लम्सालले  १२ लाख ६७ हजार, क्षेत्र नं २ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादेले  सात लाख ९८ हजार, एमालेका उम्मेदवार वसुन्धरा हुमागाईले  १३ लाख ८७ हजार, क्षेत्र नं १ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार चन्द्रबहादुर तामाङले  १३ लाख ४५ हजार र माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले  १४ लाख ४६ हजार खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले तोकिएको सीमाभित्र नै दलहले खर्च गरेको बताए । निर्वाचनमा उम्मेदवारी दिएका ५२ जनामध्ये छ जनाले अझै निर्वाचनको खर्च विवरण बुझाएका छैनन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ