arrow

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनको कार्यले गतिलियो

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ १७ बुधबार
petrol-pipe.jpg

वीरगन्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन परियोजनाले गति लिन थालेको छ ।  बाराको अमलेखगञ्ज देखी भारत विहारको मोतिहारीसम्मको ७० किलो मिटरलामो पाइपलाईन निर्माणका लागि वीरगन्ज नाकाबाट फलामे पाइप भित्रीन थालेपछि परियोजनाले गती लिएको हो ।

भारतको मुम्बईबामा परियोजनाका लागि तयार पारेको पाइपलाईनका लागि पाइपलाई वीरगन्ज नाकाबाट नेपाल भित्रीन थालेपछि परियोजनाले गति लिएको हो । २०७२ साल असोज ७ गते नेपाल तथा भारत सरकारबीच  मोतिहारी - अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनको सम्झौता भएको थियो ।

वीरगन्ज नाकाबाट हालसम्म ९ हजार मिटर पाईप भित्रीएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । उनले हालसम्म ७ करोड रुपैया मुल्यका पाइप कर छुटमा वीरगन्ज नाकाबाट नेपाल भित्रीएको बताए ।

भारत सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा निर्माण हुन लागेको पेट्रोलियम पाईपलाईको सर्वे देखि स्वाएल टेष्टको सबै काम पुरा भएकाले जमिनु मुनी ओच्छयाउने पाइप नेपाल भित्र्याउन थालिएको परियोजनाका इन्जिनियर सरद प्रसाद पौडेलले जानकारी दिए । उनले नेपालमा पाइप ओच्छयाउन भारत सरकारले गरेको ठेक्का सदर भई ओच्छयाउने कार्यकालागि ठेक्का सकार गरेको भारतीय कम्पनीले कर्मचारी समेत नेपाल पाठएको र बाकी कार्य चाँडै सुरु हुने विश्वास व्यक्त गरे।

निर्माण कार्य भइ रहेको पथलैया देखी वीरगन्ज  ६ लेन सडक छेउबाटै जमिनको ८ फिट भन्दा तलबाट रक्सौलसम्म पाईपलाई पुर्‍याउने योजना रहेको इन्जिनियर पौडेलले जानकारी दिए । अमलेखजञ्ग तेल भण्डारण केन्द्रबाट जमिन मुनीबाट ६ लेन सडकको पश्चिम हुदै वीरगन्जको गण्डकसम्म सोझै र सो पछि वीरगन्जको बाइपास सडकको पश्चिम हुदै वीरगन्जको रजतजयन्ती चोकर त्यहाबाट मुल सडकबाट रक्सौलसम्म पाइपलाईन भित्र्याउ योजना रहेको इन्जिनियर पौडेलको भनाई रहेको छ ।

अमलेखजञ्जबाट रक्सौलसम्मको ३६.२ किलोमिटर पाइपालाईनको कार्यमा नेपाल सरकारले सहयोग गर्ने र रक्सौलबाट मोतिहारीसम्मको ३३ किलोमिटर पाइपलाइन भारत सरकारले एकलै बनाउने सहम्झौतामा उलेखभएको पौडेलले जानकारी दिए । मोतिहारी अमलेखगञ्ज बाइपलाई निर्माणकालागि भारु ४ अर्ब ४ कारोड रुपैया खर्च लाग्ने आयल निगमले जानकारी दिएको छ ।

रक्सौल अमलेखगञ्ज पाईपलाई पुरा भएपछि  नेपाल आयल निगमले वर्षेनी तिर्दै आएको अर्बो रुपैया ढुवानी खर्च जोगिनुको साथै इन्धनको चुहावट समेत नियन्त्रण हुने इन्जियनर पैडेलको भनाइ रहेको छ । भारतबाट आयातभएका पाइपलाई वीरगन्जको चिनिमिलको अवाशक्षेत्रको खालि जग्गामा भण्डारण गरिएको  छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ