arrow

गाउँपालिकाले दियो प्लस टुका छात्रालाई साइकल

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ माघ १७ बुधबार
cycle-student.jpeg

विराटनगर । मोरङको धनपाल गाउँपालिकाले आज आफना गाउँपालिकामा टेन प्लस टु मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरेको छ ।  २०७३ सालको एसएलसी परिक्षा पास गरेर टेनप्लस टु अध्यनरत ६ वटा माध्यमिक विद्यालयका ६८ जना छात्रालाई साइकल वितरण गरेको हो ।

गाउँपालिकाले वृह्द कार्यक्रमको आयोजनागरी साईकल वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले  शिक्षा विना विकास संभव नहुने भएकाले साईकलकल वितरण गरेर कारको गतिमा शिक्षालाई अगाडी वढाउन साइकल वितरण गरिएको वताउए । उत्तरी भेगको तुलनामा विकासको गती दक्षिणिक्षेत्रमा केही कम रहेकालेपनी गाउँपालिकाले पहिलो प्रथमिकता शिक्षालाई दिएको सिंहको भनाई थियो ।

 गाउँपालिकाका अध्यक्ष हरिलाल  सिंह ,सांशद एंव नकेपा माओवादी केन्द्रका नेता सिवकुमार मण्डल, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल , प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी , संघिय समाजवादी फोरम जिल्ला अध्यक्ष राजकुमार यादवले सयुक्त रुपमा साइकल वितरण गरेका थिए ।

कार्यक्रममा वोल्दै नेता  मण्डललले अवको सरकारले शिक्षा, स्वाथ्य र विकासलाई पहिलो प्राथमिकता दिएर मुलुकमा समवृद्धि कायमगर्ने वताए ।  

श्री जनतामावी, श्री र्सौयदय मावी, श्री  सरस्वती मावी, श्री सारदामावी, श्री कोकनी मावी तथा शिवशक्तिमावी का छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका शिक्षा साखा प्रमुख ऋषिकेस पोखरेलले वताए ।
 
धनपाल गाउँपालिकाका कार्यकारी अधिकृत वुकुप्रसाद आचार्यले गाउँपालिकाको समग्र विकासका लागी लक्षित समुुदायलाई प्रभावपार्ने खालका विकास योजनालाई अघि सारेको वताए  । साइकल पाएपछी अध्यनका लागी आवतजावतमा सहज हुने छात्राहरुले वताएका छन । एउटा साइकलको मुल्य ६ हजारपर्न आउछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ