arrow

स्वराजको भ्रमण : नेताहरुको नाडी छाम्न, के चाहन्छ भारत ?  

काठमाडौं झर्ने तालिका फेरियो 

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
oli-and-swaraj.jpg.jpg

काठमाडौं। चुनावपछिको नयाँ सरकार गठनको तयारी समेत छैन। एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको मात्रै हो, बन्ने निश्चित छैन। चुनावपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीसँग दुुई पल्ट फोनमा बात मारेका छन्।

दुुई दिनअघि मात्रै ओलीले मोदीलाई पत्र लेख्दै सहकार्य गर्न आतुर छुु, भने। त्यसले भारतमा पनि तरंग ल्याइएको ओलीको यू‘टर्न पोलिसीले। अबको लगभग महिना दिनभित्र शेर बहादुर देउवा सरकार प्रमुख रहने छैनन्। वर्तमान सरकारले निम्ता दिएको पनि होइन भ्रमणका लागि। भारत यसपाली आफैं साखुल्ले बनेको हो भ्रमणका लागि। विशेष गरी एमाले नेतृत्वको पहलमा।

मोदीको विशेष दुतका रुपमा नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुुष्मा स्वराजको भ्रमणको एजेण्डा त परको कुरा तालिका पनि परराष्ट्र मन्त्रालयले स्पष्ट थाहा पाउन सकेन। शुरुमा विहीबार (आज) मध्यान्ह १२ बजे विशेष विमानमा आउने भनिएको थियो। तर तालिका परिवर्तन गरेर साढे ३ भनिएको छ। 
 

कसरी बन्यो स्वराज आउने मेलो ? 
नेपालमा संविधान निर्माणका क्रममा १६ बुँदे सम्झौता गराउँदा समेत भूमिका खेलेको जस लिएको भारतले, झ्वाट्टै संविधान जारी नगर्न दिएको दबाब नसुनेपछि भारतले करीब ६ महिना नाकाबन्दी लगायो। जारी गरिएको संविधान पनि भारतले नोटमा मात्रै राख्यो, स्वागत गर्ने मन पनि गरेन।

“दोश्रो'' मधेश आन्दोलनमा भारतले साथ दिएपनि पार लागेन। ओली नेतृत्वको सरकारले चीनसँग गरेको पारबहन सम्झौता र प्रचण्ड प्रधानमन्त्री बन्दा चीनसँग ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बीआरआईमा हस्ताक्षर भएपछि सशंकित भयो। जे जति दबाव र रफाव देखाएपनि, चुनाव सम्पन्न भएर नयाँ गठबन्धनको सरकार बन्ने निश्चित भएपछि, भएको भारत अहिले सम्बन्ध विस्तारका लागि आफैं अघि सरेको छ। त्यसैको कडीको मोदीका विशेष दुत स्वराजको अपर्झट भ्रमण हुन लागेको हो, त्यो पनि विशेषगरी एमाले नेतृत्वको आग्रहमा। 

के चाहन्छ त अब भारत ? 
भारतीय सरकार, कर्मचारी तन्त्र र थिंक ट्यांकहरुलाई लागेको छ, अब नेपालमा चीनको प्रभूत्व बढ्नेवाला छ। पाकिस्तान, श्रीलंका, मालदिभ्स र भूटान समेत दिल्लीको दबदवाबाट फुत्किाएछि नेपालसँगे सम्बन्ध सुधारका लागि दिल्लीले तत्काल कुनै पहल थालिहाल्नुु पर्छ। नेपालको परिस्थिति बलिएको छ।

सारमा कुरा जे भएपनि रुपमा बाम गठबन्धनले राष्ट्रबादको नारा उछालेको छ। नेपाली राष्ट्रबादको नारा सीधै दिल्लीको सम्बन्धसँग जोडिएको छ। सतहमा देख्दा नेपालमा बाम सरकार बन्ने निश्चित बनिरहेको बेला अब नयाँ सरकारसँग सहकार्य गर्दै नेपाललाई आफ्नो पकडबाट निस्कन नदिन के संभावना छ र के नयाँ रणनीति बनाउन सकिन्ने भन्ने गृहकार्यका लागि स्वराजको भ्रमण हुन लागेको हो, बाम विश्लेषक साध्य भण्डारी भन्छन् “मूलत मोदीले नेपालका दलहरुको नाडी छाम्नकै लागि स्वराजलाई पठाएका हुन्। 

परराष्ट्र मामलाका जानकार पूर्व राजदुत डा. भेषबहादुर थापा भन्छन्, “नेपालसँगको सम्बन्धमा विगत केही वर्षमा भएको उतार चढाव, नाकाबन्दी देखिका अप्रिय अवस्था सुधार्न भारतले सम्बन्धनको नयाँ आयाम र कोल्टे फर्कने जमर्को गरेको देखिन्छ।’’ तर भारतले कुटनीतिक आवरणमा लचकता देखाए जस्तै “सर्वस्वीकार्य’’ भन्दै आएको संबिधान संशोधन आफ्नो एजेण्डामा पनि लचकता देखाउला ? 

स्वराजको सालाखाला तालिका 
कुटनीतिक भ्रमण गर्नुअघि सम्बन्धित देशलाई पहिले नै जानकारी दिने चलन थियो। यसपाली भने भारतले भ्रमणको दुई दिन अगाडि मात्र जानकारी गराएको छ। भ्रमणको तालिका स्पष्ट छैन। परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई, मन्त्रालयले स्वराज आइपुुग्ने भनिएको केही घण्टाअघि मात्रै दुईपक्षीय एजेन्डा र खाका बारे ब्रिफिङ गर्दैछ।

स्वराजकोसँगको भेटका बेला यसअघिका परियोजना, सीमा विवाद, डुबान समस्या, सडक सञ्जाल, रेलमार्ग, सीमा अपराध नियन्त्रण, प्रबुद्ध समूहको बैठक लगायतका विषयमा कुरा गर्नुपर्छ भन्दै परराष्ट्रले जानकारी गराउँदैछ। 

काठमाडौं उत्रिए लगत्तै स्वराजले एमाले अध्यक्ष केपी ओलीलाई भेट्ने तालिका छ। आजै उनले मधेश केन्द्रित दलका शीर्ष नेताहरुसँग पनि भेट्नेछिन्। विहिबार 'अाजै' ओली र स्वराजको टोली रात्रीभोजमा बस्नेछन्। तर माओबादी केन्द्रका अध्यक्ष पुुष्पकमल दालालसँग विहिबारै भेटवार्ता गर्ने भन्ने टुुंगो लागेको छैन। “सायद भोलि बिहानतिर हुन सक्छ कि“ दाहालका प्रेस सल्लाहकार मनोहरित तिमल्सिनाले भने। प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने स्वराजले भोली भेटावार्ता गर्नेछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ