arrow

स्याङ्जा महोत्सवको तयारी तिव्र

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ माघ १८ बिहिबार
syangja-mahotsaba1.jpg

स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको पाँचौं स्याङ्जा महोत्सवको तयारी तिव्र पारिएको छ । माघ २६ देखि फागुन ८ गतेसम्म १२ दिन चल्ने महोत्सवको मिति नजिकिदै जाँदा तयारीलाई तिव्रा पारिएको हो ।

"स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन र आर्थिक समृद्धिको आधार” भन्ने नारा लिएर हुन लागेको महोत्सवले स्थानीय स्तरमा उत्पालित कृषिजन्य वस्तुको प्रवद्र्धन, सम्भावित पर्यटकीय क्षेत्रको पहिचान, कला साँस्कृतिक जर्गेना र सूचना प्रविधिको समयानुकूल प्रयोगलाई प्राथमिकता दिदै आएको छ ।

झण्डै ३ लाख आन्तरिक र बाह्यि पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा करिब ८ करोडको कारोबार हुने अनुमान आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार महोत्सवमा ७० लाख हुने र १ करोड २० लाख आम्दानी गरेर ५० लाख वचत हुनेछ ।

"महोत्सवबाट हुने आम्दानलाई व्यवसायीको क्षमता अभिबृद्धि र भौतिक पूर्वाधारमा खर्च गर्ने योजना छ ।” संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ ले भने, "संघीयता लागु भएसँगै सुनसान बन्न लागेको जिल्ला सदरमुकामको समयानुकूल विकासमा वचत रकमको उच्चतम सदुपयोग गरिनेछ ।”

महोत्सवलाई उत्साह पूर्वक सम्पन्न गर्न छिमेकी उद्योग वाण्ज्यि संघ, सरकारी तथा गैरसरकार निकाय निजी क्षेत्रको सहकार्यमा तयारी तिव्र पारिएको छ । महोत्सवलाई महोत्समा मात्रै सिमित नराखेर सबै क्षेत्रसँगको सहकार्यमा जोड दिएर महोत्सवलाई भब्य बनाउने संघले जनाएको छ ।

आन्तरिक र बाह्यि पर्यटक भित्र्याउन प्यारग्लाईडिङ र हेलिकप्टरबाट जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाइएको संघका कार्यालय सचिव रामप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार लोक संस्कृतिको धनि जिल्ला स्याङ्जामा रहेका सालौजो, ठाडो भाका लगाएतका विधामा लोक दोहोरी गित प्रतियोगिता राखिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ