arrow

रामचन्द्रको गुनासो, 'पार्टि त हाम्रो सभापतिको सुझाव र स्वभाव अनुसारकै छ'

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
deuba-ramchandra.jpeg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेर बहादुर देउवाले पार्टीको तर्फवाट गरिने सामान्य  निर्णय बाहेक अन्य निर्णयहरु एकलौटि गर्ने गरेको गुनासो गरेका छन् ।  उनले खास गरि पार्टिको गुठिय स्वार्थमा आफुहरुसँग  सल्लाह नगरेको बताए ।

बुधवार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिदै उनले मन्त्रिपरिषदमा गरिने निर्णय पनि पार्टि भित्र सल्लाह नहुने सुनाए । उनले भने 'मन्त्रिपरिषदमा गरिने निर्णय बारे हामिसँग सल्लाह हुदैन । हामिले समचार बाटै सुन्ने हो ।  केहि कुरा चर्चामा रहेका हुन्छन् हामि भेट भएका बेलामा कुरा हुन्छन् । हामिले त्यसमा यहाँ ठिक हुन्न कि मात्र भन्ने हो । पहिले पहिले मैले सुझाव दिने गरेको थिए तर सभापतिले आफ्नै किसिमले निर्णय गर्नुभयो । त्यसले गर्दा वहाँले नै जस अपजस वेहोर्नु पर्ने हुन्छ ।'  

 उनले मन्त्रीले समेत सो दिन बस्ने मन्त्रिपरिषदको निर्णयपछि मात्र के निर्णय भयो भन्ने थाहाँ पाउने गरेको बताए ।   सो निर्णयको पुर्व तयारी नहुने र आफ्ना मान्त्रीलाई थाहा नहुने समेत उनले  बताए । उनले भने 'पार्टि त हाम्रो सभापतिको सुझाव र स्वभाव अनुसारकै छ  । वहाँ गहिरो स्वभावको मान्छे हो । वहाँ अफ्नै किसिमले गर्नुहुन्छ ।'  

कांग्रेस प्रजातान्त्रिक पार्टी भएको कारण सभापतिमा उदाहार भावना र त्यागको भावना चाहिने उनले बताए । उनले भने 'आफुबाट पार्टिको फाइदा नहुने भए अरुलाई बाटो खुल्ला राख्नुपर्छ । '

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ