arrow

भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालमा

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
susma-sworaj.jpg

काठमाडौँ ।  भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा बिहिवार अपराह्न विशेष विमानबाट यहाँ आइपुगेकी छन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने छिन् । भने बिहिवारै बेलुका उनि भावी प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीको रात्री भोजमा सहभागी हुने छिन् । 

दुईदेशीय सम्बन्धमा केही सुधारको संकेत देखिएको, निर्वाचनबाट बाम गठबन्धनको बहुमत आएको र सम्भावित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतलाई सँगै काम गर्न ईच्छुक रहेको भन्ने व्यहोराको पत्र पठाईएको अवस्थामा सम्बन्ध सुधारको लागि भन्दै स्वराज नेपाल आएकी हुन् ।

नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराज सोल्टी होटलमा नै रहने छिन्। उनले मधेशी दलका नेताहरुसँग सोल्टीमै भेट्ने भएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ