arrow

भारतीय दूतावासमा हुनुपर्ने ‘रात्रीभोज’ कसरी पुग्यो सोल्टी ?

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
sworaj.JPG

काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणमा नेपाल आइपुगेकी छन् । विना एजेण्डा, विशुद्ध राजनीतिक भेटघाट भनिएको भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेट गर्ने छिन् ।

तर, त्यसअघि नै उनलाई एमालेले रात्रीभोज दिने भएको छ । प्रदेश र प्रतिनिधि सभाबाट पहिलो पार्टी बनेको र अब बन्ने सरकारको नेतृत्व गर्ने दलले स्वराजलाई पहिलो औपचारिक स्वागत गर्ने भएको छ ।
तर, सोल्टी होटलमा दिन लागेको डिनर भने नेपालस्थित भारतीय दूतावासबाट सरेको थाहा भएको छ ।
विदेशमन्त्रीले घरबाट नेपाल हिड्न खुट्टा उचाल्नुअघि नेपालस्थित भारतीय दूतावासमा हुने रात्रीभोजको कार्यक्रम सर्‍यो । भारतीय दूतावासले दिन दागेको डिनर अब एमालेले दिन लागेको छ ।

भारतीय दूतावासमा डिनर गर्ने र त्यहाँ सहभागि हुनेबारे माओवादीले विमत्ति राखेपछि एकै रातमा ठाउँ सारियो । स्वराज आउन लागेको  औपचारिक जानकारी समेत भ्रमणमा निस्कने दिन नै दिइयो ।
भारतीय दूतावासको डिनरमा सहभागि हुने सन्दर्भमा माओवादीले विमत्ति राखेपछि सबै दलका शीर्ष नेतासँग छुट्टा–छुट्टै भेट कार्यक्रम तय गरियो ।

स्रोतले भन्यो, ‘यसको चाजोपाँजो प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मिलाए । उनको सल्लाहमा भारतीय दूतावासको कार्यक्रम सोल्टी सारियो । भारतीय दूतावासले आयोजा गर्ने भनिएको डिनर एमालेले आयोजना गर्‍यो ।’

एमाले र माओवादीबीच पार्टी एकता हुने चर्चाकै बिच स्वराजसँगको भेटमा भने माओवादी छुट्टिएको छ । माओवादीसँग शुक्रबार छुट्टै डिनर भेट छ । एमाले अध्यक्ष केपी ओलीले दिने डिनरबारे माओवादी नेताहरुलाई जानकारी सम्म छैन । माओवादी प्रवक्ता पम्फा भूषालले भनिन्, ‘हामीलाई जानकारी छैन । हामीसँग शुक्रबार भेट हुने हो । यो त ओलीजी ले दिने हो ।’

माओवादी अध्यक्ष दाहाल र भारतीय विदेश मन्त्री स्वराजबीचको भेटवार्ता शुक्रबार बिहान साढे ९ बजे सोल्टी होटलमै हुने प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ