arrow

ओली–स्वराज ‘एक्ला एक्लै’ वार्ता

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
oli-sworaj_meet.JPG

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच एक्ला एक्लै भेटवार्ता भएको छ । काठमाडौंको होटल सोल्टीमा ओली र स्वराजबीच एक्ला एक्लै भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भेटमा दुई देशबीचको सम्बन्ध, नेपाल पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको उनले जानकारी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका ओली र स्वराजको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षीय संयुक्त छलफल भएको छ ।

स्वराजले ओलीलाई भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिँदै विगतमा बिग्रेको सम्बन्धलाई सुधारका लागि पहल गर्ने बताएकी छन् ।

छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायत सहभागि भए । भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार सहितका छन् ।

विहिबार दिउँसो काठमाडौं मात्रै काठमाडौं झरेकी विदेशमन्त्री स्वराजका लागि एमालेले होटल सोल्टीमै रात्रिभोजको आयोजना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ