- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । स्याङ्जाको वालिङ नगर कार्यपालिकाको प्रवक्तामा केदार काफ्लेलाई मनोनयन गरिएको छ । वालिङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष समेत रहेका काफ्लेलाई नगरपालिकाको वोर्डले प्रवक्तामा मनोनयन गरेको हो ।
मुलुक संघिय संरचनामा गएपछि भएको स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरु मध्येबाट एक जनालाई प्रवक्तामा नियुक्त गर्ने प्रावधान अनुसार काफ्लेलाई मनोनयन गरिएको नगरकार्यपालिकाले जनाएको छ । जिल्लाका ११ स्थानीय तह मध्ये सबै स्थानीयतहमा पहिल्यै प्रवक्ता मनोनयन गरिएपनि वालिङ्ले भने ढिला गरि काफ्लेलाई मनोनयन गरेको छ ।
वालिङ कार्यपालिकाको सबै गतिविधि प्रवक्ता मार्फत बाहिर ल्याउन सजिलो हुने बताइएको छ । १४ वडा रहेको वालिङ नगरपालिकामा सबै भन्दा शालिन र इमान्दार व्याक्तिका रुपमा काफ्लेलाई हेरिने गरिएकाले सबै वडा अध्यक्षहरुको प्रस्तावमा काफ्लेलाई प्रवक्तामा मनोनयन गरिएको वडा नं. १३ का अध्यक्ष आनन्द पाठकले बताए । बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा वालिङ १ बाट नेपाली काँग्रेसका तर्फबाट काफ्ले उमेदवार बनेर विजयी भएका थिए ।