arrow

एमाले विद्यालाई राष्ट्रपति बनाउने दाउमा; सत्तारुढ सबै होलान सहमत ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
549205933.jpeg
काठमाडौं। राष्ट्रपति उपराष्ट्रपतिको उम्मेदवारका विषयमा सरकारमा सहभागि दलका तर्फबाट एमालेले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेपछि सत्तारुढ दलबीच यस बिषयमा निकै बहस शुरु भएको छ। 
 
एमालेको प्रस्ताव आएकै समयमा उपप्रधानमन्त्री तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले काँग्रेस सभापति शुसिल कोइरालासँग भेटि राष्ट्रपति उपराष्ट्रपतिको उम्मेदवारका बिषयमा छलफल गर्नुभएको छ। यो छलफलपछि सत्तारुढ दलहरुबीच शनिवार नै राष्ट्रपति उपराष्ट्रपतिको उम्मेदवारका टुङगो लाग्ने सम्भावना कम देखिएको छ। 
 
शनिवार संसद्को बैठकपछि बानेश्वरमै सरकारमा सहभागि दलका अध्यक्ष, संसदीय दलका नेता र प्रमुख सचेतकको बैठक बसी साझा उम्मेदवार र रणनीति तय गर्ने तयारी गरेका हुन् । एमाले र एमाओवादी राष्ट्रपतिमा काँग्रेसलाई दिने पक्षमा नभएको बताइएको छ। गच्छेदार भने काँग्रेसलाई राष्ट्रपति दिएर सहमतिको यात्रा फेरि शुरु गर्नुपर्ने पक्षमा रहेका छन्। 
 
शनिवारको संसद् बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया आरम्भ गरेको छ। आइतबारसम्म पनि सहमति नभए बहुमतीय प्रक्रिया अनुरुप उम्मेदवारी आव्हान गर्नेछ। सहमतिको सम्भावना नभएपछि वहुमतिय प्रक्रियामा राष्ट्रपति उपराष्ट्रपतिको चयन हुने सम्भावना अधिक छ। 
 
सरकारमा सहभागि दलले यसअघि नै राष्ट्रपतिमा एमालेबाट अगाडी सार्ने मोटामोटी सहमति भएको भन्दै एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई पहिलो महिला  राष्ट्रपतिको रुपमा अगाडी सार्ने प्रस्ताव राखेको छ। एमालेले अझै राष्ट्रपतिको उम्मेदवारका विषयमा पार्टीमा औपचारिक निर्णय गरेको छैन। शनिवार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समितिको बैठक राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ