arrow

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल र खेलाडी दक्षिण कोरियामा

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
north-korea1.jpg

सोल । उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्को हप्ता दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सोल पुगेको हो ।

यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीले सोलबाट जानकारी दिएका छन् ।

उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह (मोराङ्बोङ ब्यान्ड)का प्रमुख होङ सोन उलको नेतृत्वको सात सदस्यीय एक समूह पनि उक्त प्रतिनिधिमण्डलमा रहेको छ ।

यही फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यस अघि नै दिएको थियो ।

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारी उत्तरले दक्षिण पठाउने जनाएको छ । ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलको बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरेपछि सो नाम यसअघि नै पठाइएको थियो ।

यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न पनि सहमति जनाएका समाचार यसअघि नै आएको थियो । सोही बमोजिम दक्षिण कोरियामा उत्तरको झण्डा पनि फहराइसकेको छ ।

यस खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा लिनुपर्नेमा विश्वका नेताले नै आग्रह गरेका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ