arrow

ट्याक्टर दुर्घटनामा २ जनाको मुत्यु, एक घाईते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ माघ २० शनिबार

पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपा स्थित सल्लेरी बजार छेउमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाईते भएका छन् । शनिबार विहान ९ बजे भएको दुर्घटनामा दुई जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ्गा– ४ का भुपेन्द्र दर्जि र श्रीजङ्गा–२ का कमल भट्टराईको घटनास्थलमै ज्यान गएको प्रहरिले जनाएको छ ।

 दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समिर शेर्पा घाईते भएका छन् । उनको उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।  ट्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल झरेको  प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ