arrow

केशव स्थापितको 'मास्टर प्लान' टुडिखेलमा बेवारिसे

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ माघ २१ आइतबार
ganesh-murti.JPG

पाल्पा । धार्मिक कार्य गर्दा प्रारम्भको रुपमा प्रयोग गरिने गणेशको मूर्ति तानसेनको टुडिखेल मैदानमा बेवारिसे अवस्थामा रहेको छ । जिल्लाको धार्मिक पर्यटन विकासको लागि भन्दै भित्र्याइएको गणेशको मूर्ति महिनौं वितिसक्दा पनि स्थानान्तरण हुन नसक्दा नेपालकै ठूलो गणेशको मूर्ति यतिखेर बेवारिसे बनेको हो ।

तानसेन नगरपालिकाको तेल्घा गुफाचौरमा स्थापना गरिने मूर्ति काठमाण्डौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापितको अवधारणगत गुरुयोजना (मास्टर प्लान)  अनुसार जिल्लामा ल्याइएको थियो । मूर्ति ६ टन ,१८ फिट उचाई र ८ फिट चौडाईको रहेको छ  । भदौ ४ गते तानसेनमा ल्याईएको भए पनि मूर्ति लैजाने बाटो नभएको र मन्दिरको काम अगाडि बढ्न नसक्दा मूर्ति नै जीर्ण बन्ने अवस्थामा पुगेको छ ।

 ढुङ्गामा कुदिएको र बहुमुल्य गरगहनाले सजाएर मूर्तिलाई एक महिनाका लागि विधिपुर्वक पूजाआज गरेर मुर्ति टुडिखेलमै राखिए पनि  हिजो आजा दैनिक पूजाआज समेत हुन छाडेको छ । लगाईएका गहना तथा सिसी क्यामेरा झिकिएका छन । वर्तमान तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीकै नेतृत्वमा मुर्ती तानसेन टुडिखेलमा राखिएको र धार्मिक आस्थासँग जोडिएकोले कसैले पनि आवाज उठाउन नसकिएको स्थानिय बासिन्दाको भनाई छ ।

  सुरुका दिनमा मूर्ति ल्याएर टुडिखेलमा राख्दा निकै चहलपहल भए पनि हिजो आजा समितीका पदाधिकारीहरु नै दर्शन गर्न आउन छाडेका छन् , भने कुरुवाहरु समेत हटाइएका छन् । धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उद्देश्यले गुरु योजना सहित मूर्ति स्थापना गर्ने लक्ष्य भए पनि सोही अनुसार काम हुन सकिरहेको छैन ।  यो मूर्ति प्रतिस्थापन गर्नको लागि झन्डै २ करोड लागत लाग्ने समितिले जनाएको छ ।

नगरप्रमुख अशोक कुमार शाही भने तेल्घाको गुफाचौरमा सडक निर्माण नभएका कारण लामो समय सम्म मूर्ति टुडिखेलमै राख्नुपरेको बताए । शाहीले भने नगरपालिकाले सडक निर्माण गरिसकेकाले  अब छिटै ज्योतीषिबाट परामर्श लिई सम्वन्धित स्थानमा मूर्ति लगिने बताए ।  धार्मिक कार्यको रुपमा प्रयोग गरिर्दै आएको मूर्ति नै यसरी बेवारीसे अवस्थामा रहेकाले यसको उचित व्यवस्थापन हुनुपर्ने देखिन्छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ