arrow

उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
Excellent_Journalism_Award.jpg

बेइजिङ, चीन । चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ ।

अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेका संगठनले उल्लेख गरेको छ ।

संगठनले केही समाचार बिषयको वास्तविक भाव परिवर्तन गरी प्रतिस्पर्धाका लागि दर्ता गरिएको तथा केही समाचार सामग्री झुटा रहेको बताएको छ ।

समाचारमा तथ्यगत सामग्रीको प्रयोग नगरिँदा यसले चिनियाँ पत्रकारिता पुरस्कारमाथिको विश्वसनीयता तथा विशेषतामा नै असर पर्ने चिनियाँ पत्रकार संगठनले जनाएको छ ।

संगठनले पुरस्कारका लागि तय गरिएको उक्त मापदण्डले झुटा समाचार निर्माण तथा प्रशारणमा योगदान गर्ने विश्वास लिएको बताएको छ ।

संगठनले सन् १९९० मा स्थापना गरेको चिनियाँ पत्रकारिता पुरस्कार र चाङजियाङ तथा ताओफेन पुरस्कारहरू चीनको पत्रकारिता क्षेत्रमा सबैभन्दा उत्कृष्ट (ठूला) पुरस्कारहरू हुन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ