arrow

चुनावबाट काँग्रेसले सिक्न नसकेको र सिक्नुपर्ने पाठ

logo
राजेन्द्र जमरकट्टेल,
प्रकाशित २०७४ माघ २१ आइतबार
rajendra-jamarkattel.jpg.jpeg

नेपालको लोकतान्त्रिक गणतन्त्र संस्थागत र कार्यान्वयन हुने चरणमा स्थानिय चुनाब, प्रतिनिधी सभा र प्रदेश सभाको चुनाबमा प्रत्यक्ष सहभागी हुने अवसर मिल्यो। यो चुनावमा नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय रहेको नेपाली कांग्रेसको चुनाबी अभियानसँग जोडिने अबसर पनि सँगै मिल्यो। यसको सदुपयोग गर्दै पार्टीको पक्षमा जनमत बटुल्ने अभियानमा भएका घर दैलो कार्यक्रम, कोण सभा, क्षेत्रीय सभा र जिल्ला स्तरीय सभाहरुमा सहभागिता जनाउने क्रममा तनँहु, चितवन, लमजुड़, गोर्खा, कास्कीमा प्रत्यक्ष पुग्ने मौका मिल्यो।

तनहुँबाट लमजुङको सभामा जाँदै गर्दा चुनाबी कार्यक्रमलाई लक्षित गरि गराईएको बिष्फोटबाट समेत अछुतो भइएन। नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल लाई लक्षित गरि पडाकाईएको बम बिष्फोटमा म लगायत अन्य कैयन कार्यकर्तासँगै थियौ। यद्यपी घटनामा कुनै मानविय क्षति भएन तर गाडीमा क्षती पुगेको थियो। तैपनि मानसिक रुपमा बिचलित नभई चुनाबमा मतदान गर्ने नागरिक अधिकारको प्रयोग गर्न र गराउन हरेक दिन उत्तिकै उर्जा बोकी चुनाबी अभियानमा लागियो। 

नेपाली काँग्रेस र नेपाली काँग्रेसका उम्मेदारलाई सघाउन र हरेक कार्यकर्ताहरुसँग एकाकार भई दैनिक त्यस क्षेत्रका आवश्यकता र सम्भावनासँग पनि चिरपरिचित हुने अवसर मिल्यो। यस क्रममा मलाई हामी जस्ता युबाहरुको सोचे र देखे अनुरुपको समाज पक्कै निर्माण गर्न सकिन्छ भन्ने भावना भित्रैबाट पैदा भयो। हामी लाखौ युबा शक्ति प्रत्येक दिन देश र माटोलाई सम्झेर बिदेशी भुमिमा पसिना बगाई कर्म गरिरहेका छन्। नेपालको राजनीतिले अझै पनि समृद्धिसगै सुनिश्चित भविष्यको आभास दिन नसकिरहेको चुनावी दौरानमा मैले अनुभव गरेको विषय हो। बिदेसीएका लाखौ युवालाई नेपाली काँग्रेसले पनि नियाल्न नसकेको यस बीचमा आभाष भयो।

किन हार्यो ? कहाँ चुक्यो नेपाली काँग्रेस ? 
काँग्रेसले अझै चुनावी समिक्षा गरिसकेको छैन। तर केहि बुझाइहरु नेपालकव चुनावको बेला खटिएको एउटा कार्यकर्ताको नाताले पनि केहि अनुभुत गरेको छु। जनभावनालाई सुन्दा हाम्रो नेतृत्व पंक्तिले नाकाबन्दीको बेलामा राष्ट्रवासीको मनोविज्ञान अनुसार काम गर्न सकेन। जनताको मनोविज्ञान बुझ्न  सकेन वा चाहेन। तत्कालीन राष्टिय राजनीतिको सहकार्यलाई निरन्तरता नगरी स्वर्गीय शुशिल कोइरालालाई संविधान जारी भईसके पछि प्रधानमन्त्री चुनाबमा अघि सारी चुनाबमा प्रतिस्पर्धी बनाएदेखि बाम तालमेलको बिजारोपण भएको देखिन्छ। आफूलाई कमजोर पार्ने खेलमा काँग्रेस नै लाग्यो अनि कसरी विजयको यात्रा सुनिश्चित हुन्छरु

त्यसपछिका घटनाक्रम हेर्ने हो भने पार्टी सभापतिको पार्टी सन्चालन गर्नै तरिका उत्साहजनक नै रहेन। पार्टीको कुनै पनि संरचनाले पुर्णता पाएन साथै सरकार सञ्चालनका क्रममा राष्टिय मुद्धाहरुमा निर्णय गर्दा कुनै पनि बिबादरहित रहेनन्। न्यायलयको विवाद होस वा प्रहरी प्रमुखको नियुक्ति होस, राजदूत नियुक्ति होस सधै जनमानसलाई पाच्य नुहने गरि निर्णय भए। अरु जति राम्रा काम गरे पनि जस लिन सक्ने प्रचार प्रसार भएन। उम्मेदार घोषणासम्म आइपुग्दा यिनीहरु मुख्य कारण रहे भने उम्मेदार चयनमा कुनै निश्चित मापदण्ड तय गर्न नसक्दा थप क्षती भयो। स्थानिय चुनाब देखी नै गलत प्रकिया अपनाईयो । स्थानिय चुनाबमा त लिग लिगको दौड जस्तो सबैलाई प्रतिस्पर्धी बनाईयो । टिकट खरिद, बिक्री भयो। आसेपासेको संरक्षण गर्ने सोचले टिकट बाँडियो। यहिबाट शुरु भएको मनमुटाव प्रतिनिधी सभा र प्रदेस सभामा खुलमखुला देखियो। तरपनि जुन जनमत प्राप्त गर्यो तो समग्रमा निराशजनक त थिएन तर देशभित्र र वाहिर भइरहेको चलखेल र दलहरुभित्रको राजनीतिक समिकरण र धुर्बीकरणलाई कांग्रेस नेतृत्व बुझ्न सकेन। ,

राजनीति जनमतबाट मापन हुन्छ। र यसलाई नेतृत्वले स्विकार्न सक्नुपर्छ। तर चुनाव सकिएको दुई महिना वित्न लाग्दा समेत नेतृत्वले यसको महशुस गर्न नसक्नु, हार पछि पनि कमजोरीलाई आत्मासाथ गर्न नसक्नु नैतिक रुपमा गैरजिम्मेवारपन हो ।  अहिले पनि घमण्डका आवाजहरु सुनिन्छन। घमण्डको पराकाष्टासँगै हारको लज्जाबोध पनि पिडादायक नबन्ने संकुचितता अहिले प्रकट भइरहेको छ। बलेको आगोमा भुस थपेर निभाउन खोज्नु अनि निभेन भनेर कोठा थुन्नु कत्तिको लाचारपन होरु झन पुरै घर पनि डढाउने नियत त होईन रु खै समिक्षा रु कहिले सम्म कुर्नु पर्ने लोकतन्त्रको जमातले आफ्नै समिक्षा गर्न पनि रु

कहिले काँही जटिलताको हल बन्द कोठा भन्दा खुला मैदानमा गर्दा अनुउत्तरित अपेक्षाका बिचमा शंका र उप शंका गर्नुपर्ने अवस्थाको सृर्जना हुने थिएन । नेपाली काँग्रेसको आज अवस्था यिनै अनुत्तरित प्रश्नको उत्तर खोज्दा उत्पन्न भएको शंकाको वातावरण जस्तो भएको छ। 

बिबिध यथार्थलाई अन्तरयामी भावानाले एकाग्र भएर एक अर्काका भावना, विश्वास र आवश्यकतालाई बुझाउन सके हामी समाजका पाटाहरुलाई कति सुन्दर बनाउन सक्थ्यौ । समाजमा रहेका, खुलेका ब्यथिती र बेवारिसे ब्यक्तिबादी सन्जालहरु समाजमा आफ्नो बर्चस्व जमाउन परिवारबादको हैकमसँगै गुट उपगुटको झुण्ड झुन्डाउन लालायितहरुको कुकर्मको उपजले आज लोकतान्त्रिक पद्धतिबाट नभई ठेकेदारी प्रथाबाट एकाधिकार कायम गर्न खोजिदैछ। नेपाली राजनीतिका आजका कठपुतलीहरु जिम्मेवार बन्न आन्तरिक सफाई जरुरी छ। मन र मष्तिष्कको शुद्धिकरणसँगै कमजोरी पक्षलाई आत्मसाथ गर्दै ब्यक्तिगत स्वार्थ र कुण्ठा त्यागी देशको लागी सोच्ने समय हो यो। म नभए त हुदै हुन्न भन्ने सोच हरेक पार्टीका नेतृत्वले प्रण गरि त्याग्ने बेला हो यो।

सात भाई, दस भाईको कथाले होईन, लाखौ भाईहरुको मन र मष्तिष्कलाई बुझी दीर्घकालीन सामाजिक बनोटको रुपरेखा तय गर्नुपर्छ । अभिभावक बिनाको परिवार पनि बिचलित हुन्छ। कुनै बेला अभिभावकत्व ग्रहण गर्ने हिम्मत गर्नु पनि कुशल नेतृत्वको गुण हो। 

नब जागरण, नबयुग, नब कांग्रेस नयाँ बोतलमा पुरानै रक्सी भरी नयाँ ब्राण्ड बनाएर बन्दैन। नेपाली काँग्रेस आफै जनजनको मनमनमा बसेको ब्राण्ड हो। होला केही रसायनले यसलाई अम्लिय बनाउन खोजे होला अब यसलाई झारफुक गरेर होईन बैज्ञानिक पहिचान गरी घुलनशिल यसको रड्ग, स्वाद समुन्द्र मन्थन पछि अमृत निकाले झै सबै संरचनालाई मन्थन गरि अमृत बिचारसँगै विकसित नेपालको परिकल्पनासँगै सहित जनआभाषको स्वाद पस्किन जरुरी छ । 

जनआभासको स्वाद र सुगन्धलाई बुझ्न नसक्ने, दैनिक क्रियाशिलतामा ह्रास, सुख सयलमा चाख हुनेहरुले विश्राम गरी, उर्जाशिल, सिद्धान्तनिष्ट, राष्ट्रप्रेम बोकी, हरेक किसिमका मोह त्यागी आउनेले नेपाली काँग्रेसको नेतृत्व र सांगठनिक संरचनामा अटाउनु पर्छ तबमात्र हामी जस्ता युबा र प्रदेशिएका नेपालीले काँग्रेस भित्र भबिष्य देख्न सक्छौ। 

(जमरकट्टेल नेपाली जनसम्पर्क समिती जापानका उपसभापति एबम नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधी हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ