- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उनका दाजु पत्रकार खडगबहादुर बस्नेतले स्वर्गीय हजुरआमा पदमलक्ष्मी बस्नेत र आमा सावित्री बस्नेतको नाममा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेका छन् ।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा बस्नेत दाजुभाइले ११ हजार १ सय ११ रुपैयाँ राशको ‘पदमलक्ष्मी सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ घोषणा गरेका हुन् ।
दूधे अवस्थामै आमा गुमाएका बस्नेत दाजुभाइले हजुरआमा र आमाको सम्मानमा सो पुरस्कार स्थापना गरेको बताए । योसँगै प्रेस चौतारीको पुरस्कारपाँच ओटा पुगेको छ ।
प्रेस चौतारीले यसअघि नै हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार, अग्निशिखा पत्रकारिता पुरसकार, बीरेन्द्रकुमार साह त्रियाशल युवा पत्रकारिता पुरसकार र डेकेन्द्र थापा पत्रकारिता पुरस्कार स्थापना गरी प्रत्येक बर्षप्रदान गर्दै आएको छ । गत बर्ष घोषणा गरिएको चार ओटै पुरस्कार आइतवार प्रदान गरिएको छ ।
यस वर्षको ‘हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार’ कृष्णमुरारी भण्डारी र ‘अग्निशिखा पत्रकारिता पुरस्कार’ रघु मैनालीलाई प्रदान गरिएको छ । दुवैको राशि रु १५ हजार रहेको छ ।
त्यसैगरी ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ धनकुटाका सिद्धराज राई र नेपालगञ्जका जनक नेपाललाई प्रदान गरिएको छ ।
यस्तै ‘वीरेन्द्रकुमार साह क्रियाशील पुरस्कार’ दोलखाका मन्दिरा थापा र पर्साका भूषण यादवलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
यसैगरी एमाले सचिव भट्टराई र चौतारीका संस्थापक सचिव गोकुल बाँस्कोटालाई प्रतिनिधिसभामा निर्वाचित भएकामा सम्मान गरिएको छ । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि सम्मानित भएका छन् ।