arrow

स्याङजाका ढकालको पोखरामा नगर बसको ठक्करले मृत्यु

ढकालको हत्यारालाई कार्वाही गर्न नेविसंघको माग

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
death-body-new.jpg.jpeg

पोखरा। पोखराको बगरमा नगरबसले पैदलयात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।  नगरबसको ठक्करले स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय बोधराज ढकालको मृत्यु भएको हो ।

हिडिरहेका ढकाललाई पछाडीबाट नगरबसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि फरार नगरबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग १ ख ३८३६ नम्बरको गाडी प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्‍याइएपछि घाइते ढकालको मृत्यु भएको हो।

नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति समेत रहेका ढकालको मृत्यको छानविनको माग गर्दै दोषी उपर कार्वाहीको लागि नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीले माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ