arrow

प्रहरी ज्यादतीको भत्सर्ना

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
patrakar.jpg

पोखरा । डब्लुडब्लुजे कास्कीले पत्रकार महासंघ कास्कीका सदस्य तथा आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकाललाई पृथ्वीनारायाण क्याम्पस गेट अगाडि मंगलबार प्रहरीले कुटपिट गरेको घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ ।

डब्लुडब्लुजे कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनिले जारी गरेको विज्ञप्तिमा सवारी दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी बोधराज ढकालको मृत्युको विषयलाई लिएर प्रहरी र विद्यार्थीबीच भएको झडपको समाचार संकलनमा खटिएका ढकाललाई कुटपिट गर्नु प्रहरी प्रशासनको दादागिरीको पराकाष्ठा भएको उल्लेख गरिएको छ ।

‘घाँटीमा परिचय पत्र भिरेर र आफू पत्रकार भएको बताउँदा बताउँदै निर्घात कुट्नु स्वतन्त्र प्रेस माथिको आक्रमण भएको ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ,‘ घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न डब्लुडब्लु कास्की जोडदार माग गर्दछ ।

विज्ञप्तीमा समाचार संकलनमा खटिएका पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ