arrow

प्रदेश ३ ले पायो सबै मन्त्रालय, कामपनि तत्काल सुरुवात गरिने

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ माघ २४ बुधबार
state_3_mukhyamantri_karyalaya.jpg

हेटौँडा । तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा सातवटै मन्त्रालयलले पूर्णता पाएको छ । बुधबार २ वटा मन्त्रालय स्थापना गरिएसँगै सातवटै मन्त्रालयलले पूर्णता पाएको हो । बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालय स्थापना गरिएसँगै सात वटै मन्त्रालयले पूर्णता पाएको मुख्यमन्त्रीको कार्यालयका सचिव रमेश प्रसाद शिवाकोटीले बताए ।

माघ १९ र २१ गते ५ वटा मन्त्रालयहरु स्थापना गरिएको थियो । जसमा जिल्ला समन्वय समितिको भवनमा  मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय  स्थापना भईसकेको थियो । त्यसैगरी  डिभीजन सहकारी कार्यालय रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय,  क्षेत्रीय वन निर्देशनालय हेटौडाको भवनमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाको भवनमा भने सामाजिक विकास मन्त्रालय स्थापना गरिएको थियो । 

बुधबार हेटौडा  १ चौकीटोलमा निर्माण भएको  श्रम कार्यालयको  नयाँ भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालय गरी दुईवटा मन्त्रालय राखिएको हो । सचिव  शिवाकोटीले  सम्बिन्धत मन्त्रालयहरुको बोर्ड झुण्डाएर चाडै काम पनि तत्काल सुरु गरिने बताए । 

सचिव शिवाकोटीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव सहित ४१ जना, भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २४ जना , उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ जना , सामाजिक विकास मन्त्रालयमा ३० जना , आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८  र भौतिक पुर्वाधार विकास मन्त्रालयमा २४ जना कर्मचारी रहने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ