arrow

स्मार्ट डोकोको डोकोभरी माया अभियान

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
smart-doko.jpg

काठमाडौं। यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्ट डोकोले डोकोभरी माया अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत तीन भाग्यशाली बिजेताले तीन विशेष प्रकारको उपहार एवं विभिन्न ब्राण्डको सामान खरिदमा ५० प्रतिशत सम्मको छुट दिने कम्पनीले घोषणा गरेको छ ।

भ्यालेन्टाइन विशेष उपहारमा एक जोडीको लागि होटल र्‍याडिसन काठमाडौंमा रात्रीभोज, एक जोडीको लागि दहिल बुटिक होटल, पोखरामा रात्रीभोज र  एक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा रात्रीभोज रहेको छ। 

स्मार्टडोकोबाट एक हजारसम्म वा सो भन्दावढि आफ्नो प्रेम गर्ने व्यक्तिको लागि उपहार खरिद गर्ने ग्राहक लक्की ड्रका लागि योग्य हुने बताइएको छ। खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाग #dokobharimaya को प्रयोग गरी फेसबुक वा इन्स्टाग्राममा अपलोड पनि गर्नु पर्नेछ। डोकोभरी माया अभियान १ फेब्रुअरीदेखि १३ फेब्रुअरीसम्म सञ्चालन हुने छ र तीन भाग्यसाली विजेताको नाम १४ फेब्रुअरीमा घोषणा गर्ने बताइएको छ।

सो अभियान अन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले सुरुवात गर्दैछ । तत्पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्त गर्न सक्नेछन् । घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरी मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ । ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइल फोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थलगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन्।

प्रविधिले किनमेलमा सहज
सपिङ अझ बढि चाखलाग्दो एवम् सजिलो भएको छ। यसको एउटै कारण भनेको स्मार्ट डोकोले काठमाडौंको रिङ्गरोडभित्र प्रदान गर्ने निशुल्क डेलिभरी सुविधा हो । यसले काठमाडौलगायत देशका अन्य शहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ