arrow

रामपुरमा ट्राफिक चेकजाँचमा कडाई

३ दिनमा ५० मोटरसाइकल समातिए

logo
सीता डोटेल,
प्रकाशित २०७४ माघ २५ बिहिबार
traffic1.jpg

रामपुर, पाल्पा । ईलाका प्रहरी कार्यालय रामपुरले नियमित ट्राफिक नियममा कडाई गरेको छ । ३ दिन यता बिभिन्न लापरबाहीमा मोटरसाइकल चलाएका ५० वटा मोटरसाइकल प्रहरीले समातेको छ ।

पछिल्लो केही समय यता रामपुर क्षेत्रमा सवारी दुर्घटना बढ्दै गएकोले दुर्घटना न्युनिकरणका लागि चेकजाचमा कडाई गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक राजु प्रसाद शर्माले बताए ।

 रामपुरका बजार क्षेत्रमा पिच र अन्य सडकमा ग्राभेल भएको र हिउँदको समयमा नियमित गाडी गुड्ने समथर भएकाले लापरबाही मोटरसाइकल कुदाउदा दुर्घटना बढेको प्रहरीको भनाई छ । प्रहरीले रामपुरका बिभिन्न चोक तथा सडकमा गरेको चेकजाचको क्रममा मोटरसाइकलका बिलबुक र लाइसेन्स नभएका सवारी साधन समातेको हो ।

चेकजाचको क्रममा मोटरसाइकल पुुनः मर्मत गरि बेच्ने एउटा मानिसबाट नामसारी नगरी २-३ पटक बेच्ने र रिन्यु (नबिकरण) नभएका साथै साथमा बिलबुक र लाइसेन्स नभएका मोटरसाइकल बढी पाइएको प्र.नि. शर्माले बताए । १ हप्ता अघि भएका बिभिन्न दुर्घटनामा मोटरसाइकलको तिब्र गति, लाइसेन्स, बिलबुक नभएका तथा बिभिन्न लापरबाहीका कारण दुर्घटना बढेको पाएपछि प्रहरीले मोटरसाइकल चेकजाचमा कडाई गरेको हो ।

लुम्बिनी अञ्चलमा नै अत्यधिक मोटरसाइकल चल्ने रामपुरमा प्रहरीको कडाई सँगै बजार क्षेत्रमा मोटरसाइकल प्रयोग कम भएको छ भने सञ्चालनमा संयमता आएको स्थानियको भनाई छ ।

प्रहरीले दिनदिनै फरक–फरक स्थानमा चेक जाच गरि आधादर्जन बढी मोटरसाइकल भएपछि इलाका प्रहरी प्रहरी कार्यालयमा ल्याएने गरेको छ । लापरबाही अत्याधिक बढ्यो, शर्माले भने–उनीहरुकै जिउज्यानको सुरक्षाका लागि हामीले अभियान चलाएका हौ ।

यसैबिच प्रहरीले पहिलो पटक चेकजाचमा परेका र कागजपत्र पुरा भएकालाई ट्राफिक नियमबारे शिक्षा दिएर छाड्ने गरेको छ । बिहिबार दिउँसो सम्म कार्यालयको हाताभित्र भरिएका मोटरसाइकल मध्ये केही मोटरसाइकलधनीलाई कागज बनाएर, ट्राफिक जनचेतना दिएर छाडिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

 यसैबिच इलाका प्रहरी कार्यालय रामपुरले बिगत केही समय निर्वाचनमा लाग्नुपरेकाले चेकजाच नगरिएपनि अब नियमित चेकजाच हुने भएकाले सवारी चालक अनुमति पत्र लिएर र तुरुन्त गाडी नामसारी तथा नबिकरण गरेर संयमित भएर सवारी साधन चलाउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ