arrow

प्रदेश ३ को राजधानीमा खसिको मासु भन्दै बाख्राको मासु विक्री गर्ने कारबाहीमा

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ माघ २५ बिहिबार
meet_shop.jpg

हेटौँडा । खसिको मासु भनी बाख्राको मासु विक्री गर्ने मासु पसललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही गरेको छ । बिहीबार प्रदेश नं ३ को अस्थायी राजधानी समेत रहेको हेटौंडाका विभिन्न पसलहरुमा अनुगमनकोलागि पुगेको सरकारी प्रतिनिधि मण्डलले एउटा मासु पसलमा सिलबन्दी गरेको हो । सर्वसाधारणलाई खशीको मासु भन्दै बाख्राको मासु मिसाएर बेचिएको भेटिएपछि  हेटौँडा १० भुटनदेवी रोडमा रहेको अरमान मिट सपमा सिल गरिएको हो ।

संयुक्त अनुगमनका टोलीले हेटौँडा १० बसपार्कका संचालित कोल्ड स्टोर, किराना तथा नास्ता एवं चिया पसलको अनुगमन गरको छ । अनुगम टोलीले १ रुपैया पर्ने खामलाई ५ रुपैयामा बेच्ने हेटौँडा बसर्पाकमा रहेको मुनलाईट कोल्ड स्टरका साथै, बसर्पाककै गौतम कोल्ड स्टोर, दिपक कोल्ड स्टोर, प्रगती चिया पसल, हेटौँडा खाजा घर, राज किरान पसल लगायत १ दर्जन पसलमा अनुगम गरेको हो ।

अनुगमन क्रममा बढी मुल्यमा बिक्री गर्ने मुनलाईट कोल्ड स्टरलाई सचेत गराईको जिल्ला प्रशासन कार्यालयका अनुसन्धानमा खटिएका सहदेव आचार्यले बताए । त्यस्तै  म्याद गुज्रिएका बिस्कुट, कुरकुरे, फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र अन्य खाद्यपदार्थहरु ठुलोमात्रामा जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यले बताए । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यको नेतृत्वमा गएको टोलीले गएको अनुगमनमा  टोलीमा अमात्य सहित जिल्ला प्रशासन कार्यालयका नासु सहदेव आचार्य, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक कौशल ओझा, उपभोक्ता हकहित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, प्रहरी प्रतिनिधि विरवहादुर शाह लगायत रहेका थिए ।

प्रहरीद्धारा २०० लिटर घरेलु मदिरा नियन्त्रण
हेटौँडा बसर्पाकको पसलमा घरेलु मदिरा बिक्री भईरहेको सुचनामो आधारमा प्रहरी चौकी बसर्पाकबाट  प्रहरी सहायक निरीक्षक दिपक सिंहको नेतृत्वमा  खटि गएको  प्रहरी टोलीले हेटौडा १० मा करिब २०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ  नियन्त्रणमा लिएको छ ।  मदिरा र मदिरा बिक्री गर्ने व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको पक्रिया अगाडी बढाईएको मकवानपुर प्रहरीले जनाएको छ । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यको नेतृत्वमा गएको टोलीले अनुसन्धानका क्रममा बसपार्कबाट करिब ४ सय लिटर घरेलु मदिरा जफत गरेको अमात्यले जानकारी दिए । त्यस्तै म्याद गुज्रिएका फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र बिस्कुट जस्ता खाद्यपदार्थहरु पनि जफत गरिएको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ