arrow

दबाबसहित एमाले–माओवादी एकता संयोजन समितिको बैठक

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
oli-prachanda.jpg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियाका लागि आधार तयार पार्न गठित पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्दैछ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनअघि नै दुई दलबीच एकता गरेर जाने सहमति भए पनि निर्वाचन भएको दुई महिनापछि समेत एकताको सम्भावना अलमलमा परेपछि नेताहरु दबाबमा छन् । 

दबाब कम गर्न एमाले र माओवादीका दुई अध्यक्षहरुले बिहिबार छलफल गरी एकता संयोजन समितिको बैठकलाई सहज पारेका छन् । 

तर त्यो छलफल एकताका लागि भन्दा पनि नयाँ सरकार गठनका लागि बढी केन्द्रीत भएको बुझिएको छ । 

पार्टी एकता र अरु विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने सहमति भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ