arrow

अष्टलक्ष्मी शाक्य हराउन शीतलनिवासको स्रोत दुरुपयोग

नेपाल समूह भन्छ – उनी ओली गुटकी मात्र राष्ट्रपति हुन् ?

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं। प्रदेश ३ को चुनावमा आफू निकट डोरमणि पौडेललाई चुनाव जिताउन राष्ट्रपति विद्यादेवी भण्डारी आफैं लागेपछि उनी एमालेभित्रै विवादित बनेकी छिन्। राष्ट्रपति बन्नुअघि भण्डारी र अष्टलक्ष्मी शाक्य एक अर्काका प्रतिष्पर्धी थिए। आफू राष्ट्रपति बनिसकेपछि पनि उनले शाक्यलाई बदलास्वरुप प्रदेश प्रमुख हुन दिइनन्।

प्रदेश ३ चुनावमा राष्ट्रपतिको विशेष पहलमा सबै ३४ जना संसदलाई बेलुका अबेरसम्म होटलमा राखेर केपी ओलीले प्रशिक्षण दिएका थिए। ओली आफैंले शाक्यलाई बोलाएर चुनावी स्थिति कस्तो छ भनी बुझेका थिए । शाक्यले अध्यक्षको भूमिका तटस्थ भएमा चुनाव जित्ने आशय व्यक्त गरेकी थिइन्। ओली र शाक्यबीच भेट भएको थाहा पाए लगत्तै ओली खेमाले शीतलनिवासलाई गुहारेका थिए।

शीतलनिवासमा भण्डारीले शाक्यलाई कुनै पनि हालतमा मुख्यमन्त्री मान्न नसकिने भनेर ओलीलाई उठबस् गर्न नदिएपछि बाध्य भएर ओली आफैंले भेला बोलाएका थिए। जसको सबै संयोजन भित्री रुपमा शीतलनिवासले मिलाएको थियो।प्रदेश नम्बर ३ को चुनावमा विध्यादेवी भण्डारी आफैं लागेर अष्टलक्ष्मी शाक्यलाई हराएपछि उनलाई पनि ओलीको किचेन क्याविनेटकै रुपमा अथ्र्याइएको छ। 

प्रदेश ३ को चुनावमा आफू पक्षधर डोरमणि पौडेललाई जिताउन उनले राष्ट्रपति कार्यालयको श्रोत समेत उपयोग गरेको माधव नेपाल समूहको आरोप छ। माधव नेपाल समूह आफूले अघि सारेको उम्मेदवार पराजित भएपछि आफू निकटका सांसद्हरुको विशेष भेला गरेको थियो। 

भेलामा शाक्यलाई हराउन राष्ट्रपति भण्डारी समेतको संलग्नताबारे समेत छलफल भएको छ। एक नेताले भने “एमालेभित्र फरक मत राख्नेलाई त खेदो खन्ने ओली समूहले माओवादी मिसिएपछि उनीहरुलाई कस्तो व्यवहार गर्ने हुन्।” ओली र वर्तमान राष्ट्रपति भण्डारी माओवादीका कट्टर आलोचक हुन्।

माधव नेपाल समूहको भेलाका सहभागीहरुबीच शाक्यलाई हराउन बाहिरी सतहमा पार्टी अध्यक्ष केपी ओली देखिएको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ