arrow

नेपाली सेनाले सेना दिवस मनाउँदै, यस्तो छ योजना 

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
nepali-sena-news-pic.jpg.jpeg

काठमाडौं । नेपाली सेनाले सेना दिवस मनाउँदैछ । सेनाले महाशिवरात्रिकाका दिन हरेक वर्ष देशभर सेना दिवस मनाउँदै आएको छ ।

नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको हो । 

वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो ।

के गर्दैछ सेना दिवसमा सेनाले ? 

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायतका कार्यक्रम राखिएको छ ।

सेना दिवसको खुशियालीमा साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सहभागी हुने जो कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक मुख्यालय जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ