arrow

कञ्चनपुरको पुनर्वासमा फस्टाउँदै दुर्लभ बिजय साल

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन १ मंगलबार
saal.jpg

पुनर्वास ,कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुरमा लोपोन्मुख अबस्थामा पुगेको दुर्लभ वनस्पति बिजयसाल स्थानीय उपभोक्ता र वन कार्यालयको सामुहिक पहलबाट घना वन बन्दै गएको छ ।

बैज्ञानिक नाम Terocpus Marsupiam रहेको बिजयसाल औषधिय महत्व र शिल्पकारहरुले  काठका भाँडाकुँडा  बनाउने काममा महत्त्वपूर्ण मानिन्छ । औषधिय गुण भएको  बिजयसाल  दुर्लभ वनस्पति मानिन्छ । चोरी फँडानी र तस्करीका कारण मासिदै गएको बिजयसाल पुनर्वासको भिमबस्तीमा स्थानिय उपभोक्ता र कुण्डा सेक्टर वन कार्यालयको संयुक्त पहलबाट दुई वर्ष यता घना वन बन्दै गएको छ ।

२०७२ मा सो क्षेत्रमा रहेको नाङ्गो बनेको ७०.८४ हेक्टर वन क्षेत्र समुदायलाई हस्तान्तरण गरि सामुदायिक वन बनाइए पश्चात् वनको मुहार फेरिएको हो । चोरी फँडानी र वन माफियाको चंगुलबाट बिनास हुँदै गएको बिजय साल स्थानिय सहितको साझेदारीबाट वन अहिले फस्टाउदै गएको कुण्डा सेक्टर वन कार्यालयका अधिकृत दिनेश कुमार यादवले बताए ।

कुनै बेला खुला चरीचरण र फँडानीको मारबाट बिनास खेप्दै आएको बिजयसालको संरक्षणमा स्थानिय बासिन्दाको हातेमालोमा घना बनाउदा निकै चुनौती खेप्नु परेको संरक्षण अभियन्ता प्रेम बहादुर थापा बताउछन् ।

लालझाडी राष्ट्रिय वन संगै जोडिएको यो भिम सामुदायिक वन बिजय सालले मात्रै होइन हात्ती ,बदेल,खरायो र मृग लगायत वन्यजन्तुको समेतले प्रसिद्ध छ ।  हेर्दा जति घना र हरियाली देखिने यो वनमा त्यत्तिकै डर लाग्दा दीर्घकालीन वन बिकासका चुनौती समेत वनले खेप्दै आएको छ ।
चोरी सिकारी,वन फँडानी झन्डै शुन्यमा झरे पनि स्थानिय उपभोक्ताहरुबाट स्याउला र घाँस काट्दा हुर्कदै गरेका बिजयसालका बिरुवाको मुन्टा काट्ने कारण वन बिकासमा चुनौती थपिएको छ ।

वनको संरक्षण र चोरी फडाँनी नियन्त्रणमा चौबिसै घन्टा खटिए पनि जनचेतना र बिजयसालको महत्व बुझ्न नस्क्दा स्थानिय उपभोक्ताहरुले घाँस काट्दा बिजय सालको मुन्टा काट्ने गरेको भिम सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर थापाले बताए ।

आर्थिक उपार्जन र बिजयसाल उत्पादन क्षेत्रका रुपमा बिकसित बनाउने प्रशस्त सम्भावना रहेको यस वनको बिकास र बिस्तारमा   आश लाग्दो प्रयत्न गरिए पनि छाडा चौपाया , स्थानिय उपभोक्ताको हेलचक्र्याई ,अप्रयाप्त जनशक्ति र सिमित श्रोत साधन प्रभावकारी संरक्षणका चुनौती रहेको अधिकृत यादव बताउछन ।

जिल्लाको दक्षिण भेगमा रहेको यस क्षेत्रमा बिजय साल र वन बिकासमा सेक्टर वन योजनाबद्ध रुपमा लागेको वन अधिकृत यादव बताउँछन् । चालू आर्थिक वर्षमा पुनर्वास क्षेत्रमा दीर्घकालीन रुपमा वन बिकासका लागि नीजि क्षेत्रको समेत सकृयतामा २ लाख बिरुवा उत्पादनको तयारी गरिएको छ । सेक्टर वन र ईलाका वनले जम्मा १ लाख ५० हजार बिरुवा र नीजि क्षेत्रले ५० हजार बिरुवा उत्पादनको तयारी गरि वन बिकासको पहल गरिएको वन अधिकृत यादवले बताए ।

सामरिक महत्वको यो वनलाई बिजयसाल पकट क्षेत्र बनाउन सम्बन्धित सरोकारवालाको ध्यान जान सके आर्थिक उपार्जन र पर्यटन क्षेत्र बिकासमा सहयोग पुगि यस क्षेत्रकै बिकासमा कोसे ढुंगा हुन सक्ने आधार रहेको जानकारहरु बताउँछन् ।

बिजय सालको अबलोकन गर्दै सेक्टर वनका प्रमुख दिनेश कुमार यादव ,वन संरक्षण कर्मी तथा संरक्षण अभियन्ताहरु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ