arrow

अन्नपुर्ण गाँउपालिकाका कृषकले गराए माटो परिक्षण

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ फागुन ३ बिहिबार
mud-.jpg

पोखरा । अन्नपुर्ण गाँउपालिकामा बृहत माटो परिक्षण शिबिर सम्पन्न भएको छ । अन्नपुर्ण गाँउपालिका कृषि शाखाको आयोजना ,मानब अधिकार निगरानी समुह लुम्ले र ढिकुरपोखरीको समन्वय एबं क्षेत्रिय माटो परिक्षण प्रयोगशालाको प्राबीधीक सहयोगमा शिबिर संचालन गरिएको थियो ।

 अन्नपुर्ण गाँउपालिकाका कृषकहरुलाइ पायक पर्ने गरि गाँउपालीकाको झोबाङ र ढिकुरपोखरीमा माटो परिक्षण शिबिर आयोजना गरिएको कृषि शाखा प्रमुख शशी सिहंले जानकारी दिए । शिबिरमा झण्डै २०० जना कृषक को माटो परिक्षण गरिएको क्षेत्रिय माटो परिक्षण प्रयोशाला पोखराका प्राबीधीक खुषराज बरालले जानकारी दिए ।

 शिबिरमा कृषकले परिक्षणको लागि  ल्याएका माटोको अम्लिय पन, क्षारीय पन, नाइट्रोजन, फस्फोरस र पोटासको मात्राको जाँच गरिएको थियो । परिक्षणको लागि ल्याइएका अधिकाँश माटोमा नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा कम पाइएको साथै अम्लीय पन र क्षारीय पन को मात्रा पनि आबश्यकता भन्दा  घटी बढी भएको पाइएको  प्राबिधिक हरिराम श्रेष्ठल बताए ।
 
उनले  परिक्षण गरिएका माटो को अबस्था अत्यन्तै बिग्रीएको पाइएकोले चाँडो भन्दा चाडो उपचार तर्फ लाग्नु पर्ने बताए । शिबिरमा आएका अधिकाँश कृषक ले पहिलो पटक घर आँगन मा माटो जाँच गराउन पाउदा दङ देखिन्थे ।

लामो समय देखि अन्नपुण गाँउपालिकामा माटो परिक्षण नभएको र कृषकले राम्रो उत्पादन लिन नसकेको गुनासो आएपछि  माटो परिक्षण कार्यक्रमको माग गरिएको मानब अधिकार निगरानी समुहका संयोजक गोपाल देबकोटा ले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ