arrow

प्रचण्ड शक्तिशाली, ओली कमजोर !

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
oli-prachanda.jpg.jpeg

काठमाडौं । पार्टी एकता अघि नै सरकार गठन गर्दा एमाले अध्यक्ष केपी ओली कमजोर भएको टिप्पणी हुन थालेको छ । त्यति मात्र नभई सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि पार्टी एकता प्रक्रियामै ब्रेक लागेकोसम्मका कुरा हुन थालेका छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि ओली अफ्ठयारोमा परेको स्वीकारे । उनले भने, ‘पार्टी एकता गरेर सरकार गठन गरेको भए सजिलो हुने थियो । अहिले साह्रै अफ्ठेरो भयो । तर, यसको अर्थ पार्टी एकता नहुने भन्ने होइन ।’

बल त प्रचण्डकै कोर्टमा गयो नि होइन ? जवाफमा उनले भने, ‘हो, प्रचण्ड बलियो भएका छन्। तर, अफ्ठेरोमा पार्ने काम गर्दैनन् होला । सकारात्मक सोच्नु भो भने अफ्ठेरो छैन । बार्गेनिङमा मात्रै लाग्नु भो भने त उहाँनै शक्तिशाली । अहिले दोस्रो फोर्स उहाँ नै हो ।’

सरकार गठनले पार्टी एकता रोकिएको भन्ने कुरा होइन, उनले भने, ‘ यही अफ्ठेरो आउँछ भनेर हामीलाई थाहा थियो । हामी सबै जानकार थियौँ ।’ उनले जनताको बहुदलीय जनवादले पार्टी एकताको सैद्धान्तिक समझदारी विचैमा अड्किएको टिप्पणीबारे बोल्दै भने, ‘माओवादीको जनवाद र हाम्रो जबज कसरी मिल्छ ? पार्टी संगठन कसरी मिल्छ ? भन्ने हामी सबैलाई थाहा थियो । जानाजान पार्टी एकता घोषणा गरिएको हो । यसको निकास खोज्न केही समय लाग्छ नै ।’

यसको निकास निस्किने उल्लेख गर्दै ज्ञवालीले भने, ‘यसलाई निष्कर्षमा पुर्‍याउँदा तानातान त भइहाल्छ नि !’ यो टुंगो नलाग्ने भन्ने होइन ।

बल प्रचण्डको कोर्टमा
बुधबार राती अबेरसम्म बसेको  एकता संयोजन समितिको बैठकमा दुई पार्टीका नेताहरुबीच सैद्धान्तिक विषयमा मतभेद देखियो ।

माओवादीका एक नेताका अनुसार  बैठकमा माओवादी केन्द्रले  एकीकृत पार्टीको कार्यदिशा २१ औं शताब्दीको जनवाद र माओवाद समेत हुनुपर्ने अडान राख्यो । तर, एमालेले भने २१औं शताब्दीको जनवाद र माओवादलाई स्वीकार गर्न नसकिने भन्दै  जनताको बहुदलीय जनवाद जबज नै कार्यदिशा हुनुपर्ने अडान राखेको थियो ।

एकीकृत पार्टीको कार्यदिशाबारे दुई पार्टीका नेताहरुबीच विवाद देखिएपछि माओवादीले २१ औं शताब्दीको जनवाद, माओवाद र  जबज सबैलाई सँगसँगै महाधिवेशनका लागि बहसमा लैजाने प्रस्ताव गरेको थियो । तर, सो प्रस्तावमा एमालेले आफ्नो अडान  जबजलाई नै केन्द्रीत गर्‍यो । त्यही अडानका कारण वधबारको बैठक निष्कर्षमा पुग्न नसकेको माओवादी नेताको जिकिर छ ।  

विवादहरुको समाधान खोज्न बैठकले  छुट्टा–छुट्टै कार्यदल गठन गर्ने समेत सैद्धान्तिक सहमति गरेको थियो । एमाले उपाध्यक्ष वामदेव गौतमले त्यो कार्यदल बनेको जानकारी नभएको बताएका छन् । उनी भन्छन्, ‘एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ ।’ तर, एमालेकै केही नेताहरुले मुख्य कुरा नै नमिलेको र माओवादी अध्यक्ष पुष्पकमल दाहालको मुडमा भर पर्ने बताइरहेका छन् । यसको अर्थ हो, बल उनकै कोर्टमा छ ।

माओवादी नेताले ढाँटे

माओवादीका प्रभावशाली नेताहरुको बैठक विहिबार विहान पार्टी अध्यक्षको निवास खुमलटारमा बसेको बताइएको छ । त्यो बैठकमा  प्रचण्डसहित  नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्ण बहादुर महरा  टोपबहादुर रायमाझी, पम्फा भुसाल,  जनार्दन शर्मा, देब गुरुङ, मात्रिका यादव, गिरीराजमणि पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको बताइएपनि अधिकांश नेताहरुले आफुहरु बाहिर रहेको बताए । देब गुरुङले आफु पोखरा रहेको बताए ।

यस्तै अन्य जनार्दन शर्मा र गिरिराजमणि पोखरेल पनि आ–आफ्नै कार्यक्रममा व्यस्त भएको बताए । ति नेताका सहयोगिले विहिबार कुनै बैठक नबसेको बताए ।

खुमलटारको बैठकमा प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्ने तर सरकारमा जाने नजानेबारे पछि छलफल गर्ने निष्कर्ष निकालिएको बताइएको छ । तर, माओवादीले थुप्रै कुरा लुकाएको छ । यो सबै प्रक्रिया माओवादीलाई पनि नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाबुको अनुहार झै भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ