arrow

प्रदेश ५ को उपसभामुखका लागी २ जनाको उम्मेदवारी

एमाले बाट थारु र कांग्रेसबाट बिक

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन ५ शनिबार
upasabamukh.png

बुटवल ।  प्रदेश नम्बर ५ को भोलि हुने उपसभामुख निर्वाचनका लागि २ जनाको उम्मेदवारी परेको छ ।  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता को समय तोकिएको मा नेकपा एमाले र नेपाली कांग्रेसले आ–आफ्नो उम्मेद्वारी दर्ता गरेका हुन् ।

प्रदेशसभा ५ की उपसभामुख पदमा नेकपा एमालेकी सांसद् कृष्णी थारुले उम्मेदबारी दर्ता गराएकी छन् । उनको उम्मेदवारी प्रदेशसभा भवनमा मनोनयन भएको हो । प्रदेशसभा ५ को उपसभामुखमा नेपाली कांग्रेसले उम्मेदबारी दर्ता गरेको छ । कपिलबस्तुबाट प्रदेश सांसद बनेकी ३९ बर्षिय रिना खनाल बिकले उपसभामुखमा आफ्नो उम्मेदबारी दर्ता गरेकी हुन् ।

उनको प्रस्ताबकमा सुरेन्द्र बहादुर हमाल र समर्थकमा रमा अर्याल रहेका छन् । उनले संबिधानको धारा १८२ को उपधारा १ बमोजिम आफ्नो उम्मेदबारी दिएकी हुन् । यसअघि एमाले सांसद् कृष्णी थारुले उम्मेदबारी दर्ता गरेकी थिइन् । भोलि हुने उपसभामुख निर्वाचनका लागि बिहान १० बजेदेखि दिउसो २ बजेसम्म उम्मेदवारी दर्ता को समय तोकिएको थियो ।उम्मेदवारी प्रदेशसभा भवनमा मनोनयन भएको हो ।

संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो ।संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ। सभामुख माओबादीले लिएपछि उपसभामुख एमालेले पाउने पूर्व सहमति हो। अब उपसभामुखमा २ जनाको उम्मेदबारी परेपछि भोली संसदमा निर्बाचन हुनेछ ।

यसअघि सभामुख चयन प्रकृयामा कांग्रेसले आफ्नो तर्फबाट उम्मेदबारी नदिएपछि माओबादी नेता पूर्णबहादुर घर्ती स्वतः सभामुख चयन भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ