arrow

नेपाली भुमिले संघियता थाम्दैन : चित्रबहादुर केसी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन ५ शनिबार
chitra.png

बुटवल ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन् । नेपाली भुमिले संघियता धान्नै नसक्ने भएकाले खारेज गर्नुपर्ने केसीको तर्क छ ।

प्रगतिशिल पत्रकार संघले शनिवार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले संघियता खारेजीको बिकल्प नै नरहेको प्रष्ट पारे । एमाले माओवादी गठबन्धनको सरकारलाई जनमोर्चाको समर्थन रहेपनि एमाले माओवादीसंग जनमोर्चाको एकताको कुनै संभावना नरहेको दाबि गरे ।राष्ट्रियताका सवालमा बाम गठबन्धनले लिएको अडान प्रशंसा योग्य रहेको उनको भनाइ छ ।

केसीले माओवादीको २१ औ शताब्दीको जनबाद र एमालेको बहुदलिय जनबाद सारमा एउटै भएको समेत टिप्पणी गरे ।भारतीय रबैया नेपालमा अहिले पनि कायम रहेको टिप्पणी गदै उनले ओली र प्रचण्डको छातीको धड्कन छाम्न बिना निम्तो भारतीय बिदेशमन्त्री नेपाल आएको बताए ।

उनले नेपालमा भारतीय हस्तक्षेप सधै कायम रहिरहने बताए ।  अब पुन संसदमा दलहरुबिच संबिधान संसोधनको सन्दर्भमा फरक फरक मत रहेकाले दोश्रो बैठकबाट रडाको मच्चिने भबिश्यबाणी गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ