arrow

रोहित चन्दको जाकर्ताले जित्यो प्रेसिडेन्ट कपको उपाधि

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
Persija-Jakarta-squad._.jpg

काठमाडौं । नेपालका भरपर्दा फुटबल खेलाडी रोहित चन्दको ब्यवसायिक क्लव इन्डोनेसियाको पर्सिजा जाकर्ताले प्रेसिडेन्ट कपको उपाधि जितेको छ । 

पर्सिजाले शनिबार भएको फाइनल खेलमा बाली युनाइटेडलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । 

इन्डोनेसियाका राष्ट्रपति विडोडो समेत दर्शक दिर्घामा रहेको उक्त फाइनल खेलमा रोहितले दुई वटा गोलका लागि एसिस्टेन्ट गरेका थिए । 

७२ हजार भन्दा बढी दर्शक रहेको उक्त खेलमा रोहित नै हिरो देखिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ