arrow

देउवा सर्वसम्मत संसदीय दलको नेता हुँदैनन् : नेता गुरुङ

सर्वसम्मतीको लागि सशांक, निर्वाचन लड्ने अवस्था आए प्रकाशमान

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
kalyan_gurung.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता कल्याण गुरुङ्ले पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मतीमा चयन हुने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सर्वसम्मतीको लागि महामन्त्री डा. सशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने बताए ।

उनले निर्वाचनमा प्राप्त भएको जनमतले पार्टी सभापति शेरबहादुर देउवालाई दलको नेता बन्ने अवस्था नरहेकोले दलको नेतामा देउवा उठ्न नहुने धारणा राखे । उनले भने,‘संसदीय दलको नेतामा देउवाजी सर्वसम्मती बन्ने अवस्था छैन, बरु सर्वसम्मतीको लागि सशांक कोइराला अघि सर्नुपर्छ भन्ने हाम्रो आग्रह छ, चुनाव लड्ने हो भने प्रकाशमान सिंहजीले आँफै उठ्छु भन्नुभएको छ।’

त्यस्तै उनले देउवाले संसदीय समितिपनि पार्टीको विधानभन्दा बढि संख्याको बनाएको र कार्यसम्पाद समिति पनि विधानभन्दा बढी बनाएको गुनासो पोखे । उनले अहिलेको माहोल अनुसार संसदीय दलको नेतामा नयाँ मान्छे आउनुपर्ने अवस्था रहेको सुनाए ।

गुरुङ्ले एमाले र माओवादी केन्द्रवीच एकता होस् भन्ने पक्षमा आफूहरु रहेकोले अबको पाँच वर्ष आफूहरु जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भएर लाग्ने स्पष्ट पारे । उनले भने,‘अबको पाँच वर्ष हामी सशक्त प्रतिपक्षको रुपमा उभिन्छौं, सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्छौं, गुण र दोषका आधारमा हामी समर्थन र विरोध गर्छौं।’

ओली नेतृत्वको सरकार भर्खरै बनेकोले यसलाई हनिमुन पिरियड सकिएपछि सरकारको बारेमा सोच्ने उनको भनाई थियो । उनले भने, ‘विगतमा एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं।’

नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पार्टी एकता चाँडै टुँगोमा पुग्ने विश्वास दिलाउँदै एक साताभित्रै आफूहरु पनि सरकारमा सहभागी हुने स्पष्ट पारे । खनालले भने,‘अबको एक साताभित्रै हामी पनि सरकारमा सहभागी हुन्छौं, यसमा कुनै विवाद छैन, तर अहिले पार्टी एकता टुँगोमा पुर्याउनेगरि छलफल भैरहेको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ