arrow

नियम विपरित रकम संकलन गर्ने ८ जना सिआईबीको फन्दामा 

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
cib.jpg

काठमाडौं । प्रहरीले कानून विपरित वित्तीय कारोबार गर्ने ईन्भेष्टमेन्ट प्रा।लि।का सञ्चालकहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ईन्भेष्टमेन्ट कम्पनीका आठ जना सञ्चालकलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

व्यूरोबाट सुनसरी र मोरङमा खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई गैरकानूनी तवरले रकम संकलन गरेको अभियोगमा सञ्चालकहरु विरुद्ध अनुसन्धान अघि बढाएको छ।

यसरी पक्राउ पर्नेमा ईन्भेष्टमेन्ट प्रा.लिका सञ्चालक श्याम पेशकार थारू र भीमप्रसाद चौधरी, हलेसी ईन्भेष्टमेन्ट प्रा.लि. धरानका सञ्चालक चन्द्र विक र अनिता विक, चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका सञ्चालक राजु शाह, ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड, ईटहरीका सुनिल गुरागाई र ईन्भेष्टमेन्ट प्रा।लि। ईटहरी डिल्ली प्रसाद आचार्य र प्रकाश आचार्य रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ