arrow

प्रजातन्त्र दिवसको अवसरमा प्रभात र ब्याडमिन्टन प्रतियोगिताको आयोजना

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ फागुन ७ सोमबार
panchtar.png

पाँचथर । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पाँचथरको फिदिममा सोमवार बिहान प्रभात फेरी निकालिएको छ । जिल्ला समन्वय समिती स्थित शहिद मंच बाट शुरु भएको प्रभात फेरि बजार परिक्रमा गरी पुन सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 कोणसभालाई जिल्ला समन्वय समिती प्रमुख विमल प्रसाद सापकोटा,फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ,नेकपा एमालेका पाँचथर सचिव तिवेन्द्रराज चापागाई,नेपाली काग्रेसका सचिव रुपनारायण जवेगु,नेकपा माओवादी केन्द्रका नेता होम जवेगु लगायत विभिन्न राजनितीक दलका प्रमुख तथा प्रनिधिहरुले सम्वोधन गरेका थिए ।

 विभिन्न राजनितीक दल,संघ संस्था,उद्योगि,कर्मचारीहरु,संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले झाँकी,ब्यानर र प्लेकार्ड सहित नगर परिक्रमा गरेका थिए ।

६८ औ प्रजातन्त्र दिवशको अवसरमा पाँचथरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको सिनियरतर्फ दिवश शंकर र भकेन्द्र लावतीको जोडी विजयी बनेको छ । यस्तै जुनियरतर्फ तेह्रथुमका दिनेश कन्दङवा र केशव सिलवाल विजयी भएका छन् ।

विजयी बनेसँगै उनीहरुलाई ५ / ५ हजारका दरले रकम तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । प्रतियोगिताका विजेतालाई जिल्ला समन्वय समिती पाँचथरका कार्यबहाक अध्यक्ष डिल्ली प्रसाद दुलाल र उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष मित्र प्रसाद काफलेले वितरण गरेका थिए ।

यस्तै पूर्वाञ्चल अण्डर १४ खुल्ला ब्याडमिन्टन प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल भएका दिवश शंकरलाई जिल्ला ब्याडमिन्टन संघ पाँचथरले कदरपत्र दिएर सम्मान समेत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ