arrow

विप्लवको नेपाल बन्द आब्हानको जताततै प्रभाव, त्रासैत्रासमा विद्यालय बन्द 

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
banda1.jpg

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्द आब्हानले जनजीवन प्रभावित भएको छ । 

विप्लवको त्रासैत्रासमा विद्यालयहरु बन्द भएका छन् । पसल तथा होटल पनि बन्द भएका छन् । 

पश्चिमी क्षेत्रमा बढी प्रभाव परेको छ । छोटो दूरीका सवारी तथा दुई पाङ्ग्रे सवारी चले पनि लामो दूरीका सवारीहरु पातलिएका छन् । 

केही दिन अघि बिराटनगरमा पक्राउ परेका दुई केन्द्रीय सदस्यसहित आफ्ना तीन दर्जन कार्यकर्ता रिहाइको लागि विप्लवको पार्टीले बन्द आव्हान गरेको हो । 

बुटबल सहकर्मी आचार्य प्रदीपका अनुसार छोटो दूरीका सवारी तथा मोटरसाइकलहरु चलेका छन् । 

पोखरा सहकर्मी सरिता तिम्सिना पंगेनीका अनुसार बन्दको प्रभाव परेको छ । फाट्फुट ट्याक्सी चलेका छन् भने पर्यटकीय सवारी र मोटरसाइकल गुडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ