arrow

कांग्रेस कमजोर देउवाको कारणले – शेखर कोइराला

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
shekhar1.jpg

नारायणगढ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापछि शेरबहादुर देउवाको गैरजिम्मेवार अभिब्यक्तिका कारण कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन् । 

डा कोइरालाले भने “सभापतीजीले पार्टी हारेको हैन, ब्यक्ती हारेको  भनेर भन्न सुहाउँछ ?” कोइरालाले अहिलेको बिधानबाट पार्टी चल्न नसक्ने बताउँदै जतिसक्दो छिटो महासमितिको बोलाएर पार्टीलाई संघिय संरचनामा लैजानुपर्ने बताए । 

नेतृत्वबाट महासमिती बैठक रोक्ने षडयन्त्र भैरहेको भन्दै त्यसतर्फ खबरदारी गर्न कार्यकर्तालाई उनले आग्रह गरे । 

प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले बीपीको राष्ट्रियता र समाजबादको पुनःपरिभाषा गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा चितवन काँग्रेसका सभापति जितनारायण श्रेष्ठ र प्रजातन्त्र सेनानी संघका केन्द्रिय सभापति टंक शर्मा कँडेलले अहिलेको नेतृत्वबाट अब पार्टी चल्न नसक्ने बताउँदै नेतृत्व परिबर्तनको बिकल्प नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ