arrow

'कांग्रेस र एमालेलाई हेर्ने राष्ट्रपतिको चस्मा फरक'

राष्ट्रपति कार्यलय र सरकार प्रति कांग्रेसले जनायो विमति

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
biswaprakash2.JPG

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस र एमालेलाई हेर्ने  राष्ट्पतिको चस्मा फरक- फरक हो कि भन्ने सन्देश भान भएको बताएका छन् । उनले  मंगलवार पार्टी केन्द्रीय कार्यालयमा सो कुरा बताएका हुन् ।

उनले भने ' राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा २ ले गरेको प्रष्ट व्यवस्था अनुरुप सो सिफारिसलाई स्वीकृत गर्नै पर्दथ्यो । भिन्न–भिन्न सरकारलाई भिन्न–भिन्न चस्माले हेरेर राष्ट्रपति जस्तो संस्थाबाट व्यवहार प्रस्तुत हुनुलाई गम्भीर रुपमा लिदै संविधानको मूल मर्म र भावना विपरित यो निर्णय रहेको ठहर नेपाली कांग्रेस गर्दछ ।' 

उनले संविधानको संरक्षक तथा राष्ट्रपति कार्यलय जस्तो संस्थाबाट कांग्रेसले गरेका तीन जनाको नाम सिफारिसलाई कार्यवनयन  गर्न गरिएको ढिलाई प्रति पनि कांग्रेसको गम्भिर असहमति, गम्भिर विमति रहेको जनाए । 

साथै उनले सरकारको पछिल्लो निर्णय प्रति विमति जनाए । उनले भने 'केपी शर्मा ओली सरकारले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीन जनाको नाम सिफारिस गरेकोमा  कांग्रेसको विमति छ ।'

उनले अघिल्लो सरकारले गरेको निर्णय राजनीतिक रुपमा मात्र नभइ स्थानीय प्रदेश केन्द्रको निर्वाचन र  राष्ट्रिय सभा समेतको निर्वाचन गराएको सरकारले तीन जनाको मनोनयन अधुरो राख्न नमिल्ने भएको हुदा संविधानतय सो निर्णय गरिएको बताए ।  

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्यका लागि युवराज खतिवडा रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको थियो  ।

यसअघि देउवा सरकारले कृष्णप्रसाद पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतको नाम सिफारिस गरेको थियो ।

संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् ।  तीन जना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।  कांग्रेसले राष्ट्रपतिको बारेका नितिगत निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ