arrow

'हुम्ला र डोल्पामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने'

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
fistel-air-helecopter.jpg.jpeg

सुर्खेत ।  प्रदेश नं ६ का सामाजिक विकासमन्त्री दलबहादुर रावलले यातायात नपुगेका जिल्लामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने बताएका छन् ।  

यातायातले नछोएका कर्णालीका हुम्ला र डोल्पाका नागरिकलाई यातायातका कारण उपचारमा समस्या आउने गरेको छ, आज मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै उनले भने– “त्यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनका लागि हवाई एम्बुलेन्सको व्यवस्था गरिनेछ ।”

मन्त्री रावलले दुर्गमका नागरिकले अब उपचारको अभावमा ज्यान गुमाउन नपर्ने बताउँदै उनीहरुका लागि हवाई एम्बुलेन्सको व्यवस्था गरिने धारणा व्यक्त गरे।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनका लागि मन्त्रालयले कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने बताउँदै उनले प्रदेश नं ६ का नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन थप सहयोगका लागि आफूले केन्द्रीय सरकारसँग पहल गर्ने जानकारी दिए ।

मन्त्री रावलले नेपाल सरकारले निःशुल्क रुपमा दिँदै आएको औषधि पनि दुर्गमका नागरिकले नपाएकोमा दुःख व्यक्त गर्दै प्रदेश सरकारले यहाँका नागरिकका लागि अब पर्याप्त मात्रामा औषधि उपलब्ध गराउन पहल गर्ने बताए ।

दुर्गमका अस्पतालमा भएका उपकरण पनि प्रयोगविहीन अवस्थामा रहेको छ, त्यसैले अब अत्याधुनिक प्रविधिका उपकरण उपलब्ध गराउन आफू लागिपर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ