arrow

‘डिग्री पढेका कार्यालय सहयोगि, एसएलसी पढेका ठूला किसान’

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ फागुन ९ बुधबार
tarkari.PNG

काठमाडौं । टीकाथली बस्ने रतन विक सानोतिनो जागिर गर्छन् । जागिर कलेजमा, कार्यालय सहयोगि । पढाई सोध्दा–डिग्री पढ्दै गरेको भन्छन् । जागिर बाहेक उनी तरकारी फलाउँछन् । तर, उनले बजारमा भने तरकारी बेच्दैनन् । उनी आफुले काम गर्ने संस्थाका कर्मचारी र आफ्नो घर परिवारका लागि मात्रै तरकारी खुवाउँछन् । उनले फलाएको तरकारी पूर्ण रुपमा अग्र्यानिक ।

उनी एक्लैले काम गर्छन्–तर, परिवारमा चार जना छन् । उनले भने, ‘मेरो घाटाको व्यवसाय होइन । फुर्सदको बसिबियाँलो हो ।’ उनी बाध्यताले होइन । रहरले तरकारी फलाउँछन् ।

तर, अर्का किसान विश्व कर्मचार्यको भने कथा फरक छ । उनको घर काभ्रे । ठूलो परिवार छ । पहिलेदेखि तरकारी खेती गर्थे उनी । अहिले टिकाथली बसेको पाँच वर्ष भयो । कति पढ्नु भएको छ ? ‘एसएलसी पास ।’ उनी भन्छन्, ‘पहिले बुबा आमाले यही तरकारी खेती गर्नु हुन्थ्यो । मैले जानको काम पनि यही हो । यसैलाई बढाउने सोंच राखे । अहिले २० रोपनी भन्दा बढीमा तरकारी खेती गरिन्छ ।’

खटाई विहानदेखि बेलुकासम्मै हुन्छ । राति बेला बेला उठेर हेर्नु पर्छ । किन र ? ‘चोर आउँछ भनेर नि’ उनले जवाफमा भने । तरकारी खेतीको काम गर्न गाह्रो हुँदैन, उनले भनेका छन, ‘मलाई निकै रमाइलो लाग्छ ।’ जग्गा भाडामा हो ? जवाफमा उनले भने, ‘हो । एक रोपनीको वर्षमा १५ हजार तिर्नु पर्छ । २० रोपनी भन्दा बढी छ, यसको हिसाब गर्दा झसङ्ग भइन्छ ।’

फाइदा कति हुन्छ ? ‘यतिनै भन्ने छैन । वर्षमा १५ लाख कमाई हुन्छ । सबै खर्च कटाएर ४–५ लाख बचत हुन्छ । फाइदा नि छैन । घाटा नि छैन । चलिरहेको छ ।’ उनले पाँच जनालाई त रोजगारी नै दिएका छन् । सिजना १० जना काम गर्न राख्छन् उनी । अनि सिप कहाँबाट सिक्नु भो ? ‘तालिम लिनु पर्छ । हामीलाई त बाउ, बाजेले नै छोडेर गए सिप । कहीले काँही कृषिका मान्छेहरु आउँछन् ।’

सरकारले मलमा छुट दिएको छ, उनले भने, ‘गाउँतिर त ट्रयाक्टर दिन्छ । मलमा छुट दिन्छ । टनेल बनाउने सामान दिन्छ ।’ प्राङ्गगारिक मल र रसायनिक मल मिलाएर प्रयोग गर्ने गरेको बताएका उनले विषादी पनि प्रयोग हुन्छ, भने । विषादी धेरै राख्नु हुन्छ ? ‘किराको लागि । बोटविरुवाका लागि हाल्नै पर्छ ।’ विषादी प्रयोग गर्नु हुन्न रे नि त ? जावाफमा उनले भने, ‘सरकारले कम प्रयोग गर्नु भनेको छ । अनि बेला बेलामा हेर्न आइदिए हुन्थ्यो नि त । हामीलाई सिकाए हुन्थ्यो नि । विषादीको ठाउँमा अरु विल्प पनि दिनु पर्छ ।’

तरकारीबाट के उपलब्धी भयो ? ‘पहिले थोरै ठाउँ थियो । अहिले धेरै बढाएका छौँ । उत्पादन अनुसार कमाई पनि धेरै हुन्छ । दुई जना दाजुको विवाह भयो । ऋण लागेन । यो वर्षबाट बचत हुने पैँसा बढ्छ । गाई पनि पालेका छौँ । दुःध पनि बेच्छौँ ।’ उपलब्धि नै उपलब्धि भइरा छ, उनले हाँस्दै भने । उनी आफैले तरकारी पसल पनि राखेका छन् । तरकारी लिने बारीमै आउँछन् । केही आफ्नै पसलमा राख्छौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ