arrow

रोनाल्डो रहित रियाल मड्रिड बिजयी, अंक तालिकामा तेस्रो स्थान

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
Sergio_Ramos_RM.jpg

काठमाडौं। आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना मैदानमा ओर्लेको रियाल मड्रिडले स्पेनी क्लब लेगानेजलाई ३-१ गोलले पराजित गरेको छ। ला-लिगा अन्तर्गतको खेलमा मड्रिडले लेगानेजलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो । 

खेलको छैठौं मिनेटमा उनई बुस्तिन्जाले गोल गर्दै लेगानेजलाई १-०को अग्रता दिलाएका थिए। लेगानेजको अग्रता धेरै लामो समय टिक्न सकेन पाँच मिनेट पछि मड्रिडका लुकास भाजक्वेजले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 

त्यसपछि मड्रिडले आफ्नो दवाब बढाउन थाल्यो र लगातार आक्रमण गरिरह्यो। खेलको २९औं मिनेटमा क्यासेमिरोले गोल गर्दै खेल २-१को स्थितीमा पुर्‍याएका थिए। 

दोस्रो हाफमा रियालले केही आक्रमणहरु गरे पनि गोल हुन सकिरहेको थिएन । खेलको ९०औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान सर्जियो रामोशले गोल गर्दै खेल ३-१को स्थितीमा पुर्‍याएका थिए। 

रियलले २४ खेलबाट ४८ अंक जोडेको छ । तर, रियल मड्रिड शिर्ष स्थानको बार्सिलोनासँग अझै १४ अंकले पछि छ । रियल दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ७ अंकले पछि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ