arrow

मनोज पुनको 'हत्या' की 'इन्काउन्टर', कहाँ चुक्यो प्रहरी ?

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार

काठमाडौ । विभिन्न हत्या प्रकरणमा मुछिएका आरोपी मनोज पुनको बुधबार मृत्यु भएको समाचार आएसँगै यस विषयलाई जोडेर यावत टीका टिप्पणीहरु सुरु भएको छ ।

सञ्चारमाध्यममा समाचारसँगै सामाजिक सञ्जालमा यावत किसिमका सकारात्मक र नकारात्मक समेत टीका टिप्पणीहरु सुरु भएका छन् । सूचना प्रवाहमा प्रहरी चुकेकै कारणले प्रहरीमाथि समेत धेरैले शंका उपशंका व्यक्त गरेका छन् ।

भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्या गर्ने आरोप लागेका पुनको 'ईन्काउन्टर'मा गोली प्रहार हुँदा मृत्यु भएको प्रहरीको सूचना प्रणाली यस अघिको भन्दा भिन्न हुन सकेन । यस अघि ईन्काउन्टरमा कसैको हत्या हुँदा प्रहरीले आफू माथि आक्रमण गरेको प्रमाण सहित पत्रकार सम्मेलन गरेर सूचना दिने गरेको थियो । तर, यो प्रकरणमा प्रहरीले दिन नसकेको सूचनाका कारण सामाजिक सञ्जाल र बौद्धिक वर्गमा समेत आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि 'इन्काउन्टर' भन्ने प्रश्न उब्जिएको छ।

पुन एमालेसम्बद्ध युवा संघ रुपन्देही अध्यक्ष दुर्गाप्रसाद तिवारी र देवदहकै फर्निचर व्यवसायी वसन्त पौडेलको हत्याका आरोपी हुन् । त्यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याको जिम्मा पनि उनैले दिएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले पुन प्रहरी मुठभेडमा मारिएको दाबी गरेका छन् तर उनका तर्फबाट कति राउन्ड गोली प्रहार भयो, प्रहरीमाथि पुनले कुन प्रकारले आक्रमण गर्‍यो भन्नेबारे प्रहरीले केही पनि सूचना बाहिर ल्याएको छैन । 

बरु केन्द्रीय प्रहरी निकायमा कुराकानी गर्न खोज्दा प्रहरी अधिकारीहरु पन्छिने प्रयासमा मात्रै जुटेको भेटिएको छ । हाम्राकुराले यस बारे कुराकानी गर्न खोज्दा बिहीबार प्रहरी प्रहरी प्रवक्ता मनोज न्यौपानेले यस बारे आफूलाई जानकारी नभएको भन्दै पन्छिएका थिए । त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख पुस्कर कार्कीले पनि यस विषयमा रुपन्देहीका एसपीसँग नै कुराकानी गर्न सुझाव दिन भन्दै पन्छिने काम गरेका थिए । 

यसरी कुरा नदोहोरियोस् भन्नेको लागि प्रहरीले पनि एउटै बाटो बाट सूचना दिन चाहेको छ र रुपन्देही प्रहरीले यसबारे सीमित सूचना मात्रै बाहिर ल्याएपछि आशंका बढेको हो । यसअघि गोवाबाट पुन पक्राउ परेको विषय बाहिर सार्वजनिक भएको भएपनि पछि प्रहरीले खोजी कार्य जारी रहेको र पुन पक्राउ नपरेको बताएको थियो । त्यसैको दुई दिनपछि उनको 'इन्काउन्टर'मा गोली लागि ज्यान गएको सूचना मात्रै बाहिर ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ