arrow

फाल्गुन २९ गते राष्ट्रपति चुनाव 

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार आयोगमा बसेको बैठकले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिति तयसँगै निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गतेका लागि तोकिएको छ । 

यसैगरी, फागुन २३ गते उम्मेदवारको मनोनयन दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने समय तोकिएको छ । फागुन २९ गते मंगलबार बिहान १० बजेदेखि ३ : ०० बजेसम्म मतदान हुने छ । त्यही दिन ४ : ०० बजेबाट मतगणना शुरु हुने आयोगले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ