arrow

हनुमानढोकामा चीर ठडयाइएसंगै औपचारिक रुपमा होली सुरु 

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
holi.JPG

काठमाडौं । रंगहरुको पर्व होली शुक्रबार हनुमानढोकामा चीर ठडयाइएसंगै  औपचारिक रुपमा सुरु भएको छ ।  फाल्गुन शुक्ल अष्टमीका दिन काठमाडौको हनुमानढोकामा ३२ हात अग्लो बासमा  मयलको हांगा साथै विभिन्न रगका रगिंविरगिं कपडा राखेर ठडयाइएसंगै  देशभर होली पर्व सुरु भएको मानिन्छ ।

शुक्रबार विहान ११ बजेर ५७ मिनेटको शुभ साइटमा ३२ हात अग्लो बासको सप्तरंगी चीर ठड्याइएको छ । 
नेपाली सेनाको र्गुरुजु पल्टनले ४, ४ टोपको सलामी संगै हर्ष बढाइसमेत गरेको थियो । साथै मंगल धुन र होलीको नेवारी गित समेत बजाइएको थियो ।

यो संगै ललितपुरको कृष्ण मन्दिर अगाडी पनि मयलको रुखमा विभिन्न कपडाको चीर ठडयाइएको छ । साथै भक्तपुरको दत्रातय लगायत उपत्यकाका  विभिन्न टोल टोलमा चीर  ठडयाइएको छ ।

यसअघि, विहान गुहेश्वरी बनमा रहेको मयलको रुखको हांगा काटेर  यसलाई गुहेश्वरी मन्दिर र पशुपतिनाथलाई चढाइएको थियो । होली सुरु भएको भन्दै यसरी मयलको रुखको हांगा चढाउने परम्परा रहेको छ । बाकी रहेको हागा त्यहाबाट हनुमानढोका ल्याएर चीर ठडयाउने परम्परा छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने  गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन  १७  गते र तराई–मधेसका जिल्लाहरुमा फागुन १८  गते होली पर्व परेको छ । त्यो दिन सरकारले सार्बजनिक विदा दिएको छ । बसन्त ऋतुको आगमनका रुपमा नि यो  पर्व  मनाइने गरेको छ । 

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्व सँग जोडिएको छ । 

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । यसैगरी, कृष्ण र गोपिनीहरुसंग पनि यो पर्व जोडिएको छ । गोपिनीहरुले निबस्त्र भई पोखरीमा नुहाउदा कपडा लगाइ मात्र नुहाउने प्रतिबद्धता जाहेर गराएको सन्र्दभसंग चीर ठडयाउने प्रसंग जोडिएको छ । हनुमानढोकामा ठडयाइएको चीर आउने १७ गते पुर्णिमाका दिनमा ८ बजेर ३ मिनेटमा ढालिनेछ ।  

यसरी ढालिएको चीरलाई ९ बजेर ५ मिनेटको साइतमा दोहन गरेपछि यसबर्षको उपत्यकाको होली पर्व समापन हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ